Thu. Mar 28th, 2024

माघ २ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र इच्छाको दुईवटा फष्टलुक पोष्टर र अडियो एल्बम सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमका विच चलचित्र इच्छाको नायक भुवन केसी र चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले संयुक्त रुपमा चलचित्रको २ वटा पोष्टर र अडियो एल्बम विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक मुनाल घिमिरेले चलचित्र इच्छा अहिलेको वास्तविक कथामा निर्माण भएको बताए । चलचित्रले फरक पुस्ताको फरक सोचाईलाई समेटेको बताउदैं चलचित्र इच्छाले दर्शकको मन जित्ने विस्वास व्यक्त गरे । त्यस्तै चलचित्रका निर्माता प्रकाश घिमिरेले चलचित्र इच्छा सामाजिक विषय बस्तुमा आधिरित भएर निर्माण भएका कारण चलचित्रले मनोरञ्जन सगैं सन्देश पनि दिने बताए ।

उनले भने “चलचित्र अरु चलचित्र भन्दा फरक छैन तर फरक बनाउने प्रयास भने हामीले गरेका छौं”—निर्माता घिमिरे बताए । त्यस्तै कार्यक्रममा चलचित्रका कलाकार सुबास थापाले चलचित्र इच्छा सबैले हेर्न लायकको चलचित्र रहेको भन्दै चलचित्रले समाजकै यर्थाथ कथा बाकेको खुलाएका छन् । “चलचित्र राम्रो बनेको छ”—सुवासले भने हामीले चलचित्रमा निकै मेहेनत गरेका कारण चलचित्र इच्छालाई दर्शकले मनपराउनेमा आफु विस्वस्त रहेको पनि सुवासले बताए । कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघका अध्यक्ष शाति प्रियले चलचित्र इच्छा सुपरहिट हुनेमा आफु पुर्ण विश्वस्त रहेको बताए । चलचित्रलाई अग्रिम शुभकामना दिदैं अध्यक्ष शान्ति प्रियले चलचित्र इच्छा सबैले हेर्न लायकको इच्छा बनेको हुनु पर्ने दाबी गरेका छन् । कमेडी लभस्टोरी कथामा आधारित चलचित्र इच्छाको पोष्टर र अडियो एल्बम विमोचन कार्यक्रममा नायक भुबन केसीलाई सम्मान समेत गरिएको थियो । सम्मानपछि कार्यक्रममा बोल्दै नायक भुवन केसीले आफुलाई सम्मान गर्ने चलचित्र इच्छाको सम्पुर्ण यूनिट देखी प्रोडक्शन कम्पनीलाई पनि धन्यवाद व्यक्त गरे ।

bhuwan-kc1

त्यस्तै नायक भुवन केसीले चलचित्र इच्छालाई सम्पुर्ण दर्शकले मन पराउनेमा पनि विश्वास व्यक्त गरेका छन् । करिब ३ दशक चलचित्र यात्रामा आफुले गरेका दुख मेहेनतको दिन सम्झदैं नायक केसीले चलचित्रक्षेत्रले अहिले धेरै फड्को मारिसकेको बताए । उनले भने आफुले करिब ३ दशकको चलचित्रयात्रामा कहिले पनि यसक्षेत्रबाट टाढा रहेर बस्न नसकेको बताउदैं आफु मृत्युको मुखमा पुगुन्जेल सम्म चलचित्रक्षेत्रकै सिरानीमा मर्न मन लागेको बताए । साथैं उनले छोरा अनमोलका बारेमा पनि केहि कुरा कार्यक्रममा खुलाएका छन् ।

अनमोलले कहिलेपनि चलचित्रक्षेत्रबाट टाढिएर अरु काम नगर्ने प्रण नलिएको बताउदैं भुवनले आफुले कहिलेपनि अनमोललाई कर गरेर यसक्षेत्रमा काम गर नभनेको पनि बताए । अनमोल अभिनित चलचित्र जेरीको सफलताले अनमोलका बुबा अर्थात सदाबाहार नायक भुवन पनि प्रफुल्ल देखिएका छन् । चलचित्र इच्छामा सुबास थापा,दिपशिखा शाही,दयाहाङ राई,ओम प्रतिक,देशभक्त खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । गम्भिर विष्टको नृत्य,रोशन श्रेष्ठको द्धन्द्ध,प्रकाश घिमिरेको लेखन रहेको चलचित्रमा रोम ओली,नविन श्रेष्ठ,प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

%d bloggers like this: