Thu. Apr 18th, 2024

unnamed2

पूर्वमिस नेपाल रहेकी माल्भिका सुब्बाले पहिलो पटक निर्माण गरेको चलचित्र हाउ फन्नीको यति बेला धमाधम छायांकन कार्य भईरहेको छ । निलु डोमा शेर्पाले निर्देशन गरिरहेको चलचित्र हाउ फन्नीमा दयाहाङ राई , प्रियंका कार्की , केकी अधिकारी , निशा अधिकारी , अनुप बिक्रम शाही , शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । छायांकनको १४ औं दिनमा रमिता (प्रियंका) र पुष्पा (केकी) ले सानैं देखी आफुहरु जासुस बन्ने सपना देखेका हुन्छन् ।

unnamed 1

आफ्नो जासुस बन्ने सपना पुरा भए पश्चात उनीहरु आफ्नो एसपी तेज बहादुर राई (दयाहाङ) लाई भेटन जान्छन । जागिर को पहिलो दिन केन्द्रीय अनुसन्धान ब्युरोमा पुग्दा उनीहरुको खुसीको सिमा नै हुदैन । रहर ले खाएको जागिर ले नै उनीहरुको जीवनमा परिवर्तन ल्याई दिन्छ । उनीहरुले एउटा केस पाउछन जसको अनुसन्धान गर्दा उनीहरुको जीवनमा उतार चढाव आउछ । उक्त दृश्यलाई हरि हुमागाईले खिचेका छन् । जासुसको कथा बोकेको चलचित्र हाउ फन्नीको छायांकन ३० दिन भित्रमा सकाईने निर्मात्री माल्भिका सुब्बाले जानकारी दिइन ।

unnamed

%d bloggers like this: