Sat. Oct 26th, 2024

नायिका रेखा थापा केहि दिन यता निकै चर्चामा छिन् । एक राष्ट्रिय दैनिकमा दिएको अन्तरवार्ताका कारण उनी एक पटक फेरी चर्चामा छाएकी हुन् । १० बर्ष सम्म श्रीमान श्रीमती भएर एउटै छानो मुनी जिन्दगी विताएका निर्माता छविराज ओझा र नायिका रेखा थापाको विचमा केहि बर्ष अगाडी नै सम्बन्ध विक्षेद भयो त्यसपछि एक्लै जिन्दगीको यात्रा गरिरहेकी नायिका रेखा थापाले सुदर्शन गौतम मेरो प्रेम हो भनेर एक राष्ट्रिय दैनिकमा अन्तरवार्ता दिएपछि उनले आज मनोरञ्जनसंसार डटकमसगँ कुराकानी गदैं सुदर्शन आफ्नो प्रेम रहेको खुलाएकी छिन् ।

sudarsan and rekha

उनले भनिन -‘हो म सुदर्शनलाई प्रेम गर्छु,माया गर्छु तर बिहे सुदर्शन सगँ गर्छु भनेको छैन’- रेखाले उत्तर दिइन । आफुले सुदर्शनलाई ‘रेक्सपेक्ट’ माया गर्ने गरेको बताउदैं रेखाले सुदर्शनलाई गर्ने त्यो माया खोला झै बगिरहने,समुन्द्र झै बढिरहने बताएकी छिन् । र उक्त कुरामा रेखाले थपिन मेरो मायाको गन्तब्य छैन सधै रहन्छ र रहिरहन्छ । सुदर्शन गौतम हात क्यानडामा छन् । उनी केहि महिना देखी क्यानडामा बस्दैं आएका छन् । हिम्मतवालीमा निकै मर्मस्पर्शी अभिनय गरेका सुदर्शनले हाल सम्म रेखा आफ्नो प्रेम रहेको खुलाएका छैनन् ।