Sat. Apr 20th, 2024

jems bond

जेम्स वोन्ड सिनेमाको २४ औ श्रृखंला स्पेक्ट्रको प्राम्भिक स्क्रिप्ट चोरी भएको छ। केही समय अगाडि सोनी पिक्चर्स इन्टरटेनमेन्टको कम्पूटर सिस्टम ह्याक गरिएको थियो। बोन्ड सिनेमाका निर्माता तथा इवन प्रोडक्सनले उक्त कुराको पुष्टि गरेको डेडलाइनले बताएको छ। फिल्मका निर्माताहरूले सिनेमाको स्क्रिन-प्ले मेट्रो-गोल्डवाएन-मायर स्टुडियो र डान्कको गोप्य सूचना भएको र त्यो बेलायत र संसारभरको प्रतिलिपि अधिकारले सुरक्षित भएकाले कसैले यसको केही अशं वा पुरै छाप्न वा सार्वजनिक गर्न नमिल्ने बताएको छ। निर्देशक स्याम मेन्डिसले हालै मात्र सिनेमाको कास्ट र नामको घोषणा गरेका थिए। यस सिनेमा डेनियल क्रेग चौथोपटक जेम्स वोन्डको भूमिकामा अभिनय गर्दैछन। यसै महिनादेखि छाँयाङ्कन थालिएको सिनेमालाई आगामी वर्षको नोभेम्बर ६ मा रिलिज गरिनेछ।

%d bloggers like this: