Wed. Apr 24th, 2024

नेपाल चलचित्र प्राविधिक संघको प्रस्तुति तथा श्री रिद्धि सिद्धि ज्वेलर्सको सातौं नेफ्टा फिल्म अवार्ड २०१४ विश्वको सुन्दर तथा आधुनिक शहर हङकङमा कात्तिक ३ गते भब्यताका साथ सम्पन्न भए सगैं आईतबार काठमाडौंमा सातौं नेफ्टा फिल्मी अवार्डको इन्डक्ल्याप गरिएको छ । सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा आईतबार राजधानीमा एक कार्यक्रमका विच सातौं नेफ्टा फिल्मी अवार्डको इन्डक्ल्याप गरिएको थियो । सातौं नेफ्टा फिल्म अवार्डको आयोजक नेपाल चलचित्र प्राविधिक संघले अवार्ड विजेता फिल्मीकर्मीलाई प्रमाणपत्र वितरण गर्दै अवार्डको विसर्जन भएको घोषणा गरेको छ । सातौं नेफ्टा फिल्मी अवार्डको सम्पुर्ण काम सकिएको र अब आठौं नेफ्टा फिल्मी अवार्डको तयारीमा आफुहरु लाग्ने आयोजक नेपाल चलचित्र प्राविधिक संघ अध्यक्ष मनोज केसीले बताए ।

Manoj and Minendra

अवार्ड कार्यक्रम सफल पार्न विभिन्न तहतप्काबाट साथ दिने सबैका धन्यवाद दिदैं अध्यक्ष केसीले अब यस बर्षको चैतको अन्तिम साताबाट आठौं नेफ्टा फिल्मी अवार्डका लागी चलचित्र छान्ने काम गरिने पनि जानकारी दिए । कार्यक्रममा नेपाल विज्ञापन संघका नव नियुक्त पदाधिकारीलाई स्वागत पनि गरिएको थियो । पत्रकार,कलाकार,चलचित्रकर्मी देखी विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको सातौं नेफ्टा फिल्मी अवार्डको इन्डक्ल्याप कार्यक्रममा बोल्दै नेपालबाट सम्पूर्ण अवार्ड आयोजनाको जिम्मा लिएका निर्माता सुनिल कुमार थापाले सातौं नेफ्टा फिल्मी अवार्डलाई साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । नेफ्टाले आठौं अवार्ड अर्को बर्षको सुरुवातमा गर्ने योजना बनाईएको नेपाल चलचित्र प्राविधिक संघका महासचिब अनन्त तिमिल्सिनाले जानकारी दिए ।

%d bloggers like this: