Sat. Apr 20th, 2024

दलित विधवालाई घर, परिवार र समाजले कस्तो व्यबहार सम्म गर्ने गर्छन भन्ने कथा बोकेको नेपाली चलचित्र विधवाको आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । पुष ११ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र विधवाले सामाजिक कथा बस्तुलाई चित्रण गरेको हुनाले चलचित्र विधवाले नेपाली समाजमा राम्रो सन्देश दिने निर्देशक मनोज श्रेष्ठले बताए । त्यस्तै चलचित्रमा मुख्य भुमिका निभाएकी कलाकार सोनु घिमिरेले पनि चलचित्र नेपाली समाजमा घटिरहेका घटनाको यर्थाथ ऐना भएका कारण एकपटक सबैले चलचित्र विधवा हेरिदिन आग्रह गरिन ।

bidhawa

त्यस्तै चलचित्रमा आफुले पहिलो पटक अभिनय गरेका कारण पनि आफुले चलचित्रका लागी निकै मेहेनत गरेको पनि बताइन । बुटवलस्थित मदन एलिसा फिल्मस् प्रालिको प्रस्तुति रहेको चलचित्र विधवामा नेपाली समाजको ग्रामीण भेगमा ‘विधवा’को अवस्था, उनीहरूको अधिकार तथा सामाजिक सुरक्षाको विषयलाई पनि चलचित्रले उठान गरेको छ । चलचित्रमा दिलीप रायमाझी, सोनु घिमिरे, विद्या कार्की, शिखा नेपाल, मनोज श्रेष्ठ लगायतको अभिनय छ । निर्माता गिरिप्रसाद सुनारले करिब २५ लाखको लागतमा चलचित्र निर्माण गरेको जानकारी दिएका छन् ।

%d bloggers like this: