Fri. Apr 26th, 2024

पुष २५ गतेदेखी देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म आभाषको अफिसियल प्रोमो रिलिज भएको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको प्रोमो सार्वजनिक गरिएको छ । कार्यक्रममा निशा अधिकारी र संयम पुरी बाहेक अरु सम्पुर्ण कलाकारहरु,प्राविधिक,निर्माता,निर्देशकको उपस्थिति रहेको थियो । आज आयोजित कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले चलचित्र आभाषलाई आफुले राम्रो बनाउन कुनैपनि कसरत बाँकी नराखेको बताए । चलचित्र आभाष निर्देशन गर्नु अघि चलचित्रलाई कसरी राम्रो गर्ने भन्ने विषयमा आफुले राम्रो सगँ अध्ययन गरेको पनि खुलाए । त्यस्तै चलचित्रका निर्माता गोविन्द शाहीले चलचित्र आभाषले दर्शकलाई अहिले सम्मका चलचित्र भन्दा फरक र नौलो स्वाद दिने दाबी गरे । चलचित्र राम्रो बनेको छ शाहीले भने चलचित्र हेरेपछि सायद कसैले पनि चलचित्रप्रति औला उठाउने ठाँउ सम्म हामीले बाँकी राखेका छैनउ त्यसैले एकपटक चलचित्रहलमा गएर आभाष हेरिदिन शाहीले आग्रह गरे । त्यस्तै कलाकार आष्मा डिसी र सलोन बस्नेतले चलचित्र आभाष उत्कृष्ट चलचित्र बनेको दाबी गरेका छन् । चलचित्रले अहिलेका पुस्ताको कथा बोकेका कारण युवा पुस्ताले अझ चलचित्र आभाष हेर्नु पर्ने बताएका छन् । 

aavas

सार्वजनिक ट्रेलरमा सयंम पुरी,आष्मा डिसी,निशा अधिकारी,सलोन बस्नेत लगायतका कलाकारहरु देखिएका छन् । आभाषको सार्वजनिक ट्रेलरले दर्शकलाई चलचित्रप्रति अझ धेरै उत्सुकता थप्ने निर्माता तथा कलाकार गोविन्द शाहीले बताए । चलचित्र प्रदर्शनका आउनु अगावै नै चलचित्रका गीत,संगीतलाई दर्शकले अत्याधिक मन पराईरहेका कारण निर्माता शाहीले चलचित्रलाई दर्शकले अझ बढि मन पराउने कुरामा विश्वस्त छन । विस्तारै विस्तारै नेपाली चलचित्रप्रति दर्शकको मोह घटिरहेको बेला चलचित्र आभाषले दर्शकको क्रेज बढाउने निर्माता तथा कलाकार शाहीले बताए । फिल्म ‘आभाष’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । यसअघि फिल्म सम्पादनमा सफल दरिएका सुरेन्द्रले यसै फिल्मबाट निर्देशनमा पनि हात हालेका हुन् । फिल्ममा संयम पुरी,आस्मा डिसी,सलोन बस्नेत,निशा अधिकारी,सुनील रावल लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा निर्माता तथा कलाकार गोविन्द शाही पनि अतिथी कलाकारको भुमिकामा देखिएका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=SKMlDc6Bf6Q

%d bloggers like this: