Fri. Mar 29th, 2024

कृष्ण धरावसीको उपन्यास झोलामा आधारित भएर निर्माण भएको चलचित्र झोला ओस्कार अवार्डबाट बाहिरिएको छ । शुक्रबार ओस्कार को आयोजक कमिटीले जारी गरेको उत्कृष्ट ९ बिदेशीभाषी फिल्मको सुचीमा झोला नपरेको चलचित्र झोलाका निर्माता तथा कलाकार राज तिमिल्सिनाले जानकारी दिए । चलचित्र झोला ओस्कार अवार्डबाट बाहिरिएपनि चलचित्र ओस्कार अवार्डमा प्रतिस्पर्धा गर्न पुग्नु नै सबैभन्दा खुसीको कुरा रहेको निर्देशक यादव भट्टराईले बताए ।

jhola-poster

चलचित्र झोलामा गरिमा पन्त, लक्ष्मी गिरी, देशभक्त खनाल, सुजल नेपाल लगायतको अभिनय रहेको छ । ओस्कारले शुक्रबार भोटिङ राउन्डको लागी विभिन्न ८३ देशका फिल्मबाट ९ फिल्मको छनौट गरेको हो । जसमा अर्जेन्टिना, एस्टोनिया, जर्जिया, मौउरिटानिया, नेदरल्याण्ड, पोल्यान्ड, रुस, स्वीडेन र भेनेजुयलाको फिल्महरु छानिएका हुन । ओस्कार एकेडेमी अवार्ड आगामी फेब्रुअरी २२ मा अमेरिकामा सम्पन्न हुदैछ ।

%d bloggers like this: