Thu. Apr 18th, 2024

एकपछि अर्को गर्दै आफुले अभिनय गरेको चलचित्रहरु फ्ल्प हुदैं गएपछि दर्शकको आखाँमा पर्नका लागी यति बेला नेपाली चलचित्रनगरीमा नायिकाकाहरुलाई विभिन्न फेशन शोहरुमा आफ्नो सक्रियता देखाउदैं आएका छन् । त्यहि क्रममा नायिका नन्दिता केसीको हातमा पछिल्लो समयमा कुनैपनि चलचित्र छैनन भने हाल उनी अभिनित चलचित्र लाग्ने मान्छे पोष्ट प्रोडक्शनमा छ । त्यस्तै नायिका ऋचा शर्मा,आशिष्मा नकर्मीको हातमा पनि चलचित्रहरु खासै छैनन त्यसैले यि नायिका अहिले बढि म्युजिक भिडियोमा देखिन थालेका छन् । त्यस्तै नायिका सञ्चिता लुइँटेल नायक निखिल उप्रेतीसगँ बैबाहिक जीवनमा बाधिएपछि उनको सक्रियता मात्र होइन उनलाई चलचित्रमा नायिकाको रुपमा प्रस्ताब नै आउन छोडिसकेका छन् ।

fasion

त्यहि क्रममा उनीले हाल मात्र चलचित्र नाईँ नभन्नू ल ३ मा अभिनय गरेकी थिइन । यसरी चलचित्रमा सोचे अनुरुपको माग हुन छोडेकाले पनि होला यि नायिकाहरु अहिले विभिन्न फेशन शोमा आफ्नो सक्रियता देखाउन थालेका छन् । हिजो मात्र यि नायिकाहरु एक फेशन शोमा देखिए । फेसन डिजाईनर रोजिना श्रेष्ठको कम्पनी कायरा बुटिकले आयोजना गरेको कायरा अन दि रन वे सिजन ३ मा यि नायिकाहरु र्‍याम्पमा उत्रिएका थिए । विभिन्न संघसस्थाका प्रतिनिधि,कलाकार,पत्रकार लगायतको भब्य उपस्थिति रहेको उक्त फेशन शोमा निर्देशक दिनेश डिसी र यसराज गरच पनि हात हल्लाउदै एक पटक र्‍याम्पमा उत्रिएका थिए । उक्त फेशन शोमा रियल जोडी नायिका नीता ढुंगाना र आमेश भण्डारीको उपस्थिती थियो ।

%d bloggers like this: