Wed. Apr 24th, 2024

suntali

फागुन १ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र सुन्तलीको अफिसियल ट्रेलर रिलिज भएको छ । केहि अनौठो तरिकाको सार्वजनिक ट्रेलरमा नायिका प्रियका कार्की,कर्मा लगायतका कलाकारहरु देखिएका छन् । करिब डेढ करोड लगानी रहेको भनिएको चलचित्र सुन्तलीमा प्रियंका कार्की,कर्मा, अर्पण थापा, सूर्यमाला शर्मा, राजकुमार पुडासैनी, प्रमोद अग्रहरी, आशान्त शर्मा लगायतको अभिनय रहेको छ । चलचित्र एउटा नारीको बदलाको कथामा आधारित रहेको छ । एसियाको सबैभन्दा ठूलो मानिने बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत नेपाली फिल्म सुन्तली छानिएको थियो । फिल्मलाई भाष्कर ढुंगानाले निर्देशन गरेका हुन् भने चलचित्रका कार्यकारी निर्माता अशोक शर्मा हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=L69F8LWkIK4

%d bloggers like this: