Thu. Apr 25th, 2024

टेलिभिजनमा आफ्नो प्रतिभा पस्कँदै आएका ‘नेपाली तारा-३’ का उत्कृष्ट १० प्रतियोगीको लाइभ कन्सर्ट शुक्रबार वसन्तपुर डबलीमा भब्य कन्सर्टका विच सम्पन्न भएको छ । कन्सर्टमा ‘नेपाली तारा-३’ का उत्कृष्ट १० प्रतियोगीहरूले नेपालका चर्चित कलाकारका गीत दर्शकलाई सुनाएर मनोरञ्जन प्रदान गरेका थिए । उत्कृष्ट १० प्रतिस्पर्धीहरुमा विनोद राई, विशाल आत्रेय, दिवेश राई, जलजला परियार, प्रताप दास, प्रताप लामा, सुदेश सुवेदी, सुरेश लामा, सुष्मा विश्वकर्मा र श्वेच्छा ठकुरीले ‘चौबन्दी चोली अनि रातो घाँगर’, ‘क्या दामी भो’, ‘को हो त्यो’ ‘खोइ त मलाई झुम्के बुलाक’ ‘मलाई पुगेन’ लगायतका गीत गाएका थिए । आरम्भमा राष्ट्रिय गीत रातो र चन्द्र सूर्य बोलको सामूहिक गीतबाट दर्शकमाझ उपस्थित प्रतिस्पर्धी प्रत्येकले दुईदुईवटा गीत सुनाए। र अन्त्यमा सामूहिक रूपमा यो मन त मेरो नेपाली हो गीत गाएर कन्सर्टको समापन गरिएको थियो ।

nepali tara

कोका–कोला नेपाली तारा ३ को विजेताले एउटा मोटरसाइकल लगाएत रु.२५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ। अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन्। कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन्। अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् । ‘नेपाली तारा-२’ को अघिल्लो संस्करणका विजेता सन्तोष लामा र धर्मेन्द्र सेवानले पनि कन्सर्टमा गीत प्रस्तुत गरेका थिए ।

%d bloggers like this: