Fri. Apr 26th, 2024

बलिउडस्टार आमिर खान अभिनित बहुप्रतिक्षित बलिउड फिल्म पिकेको पनि नेपालमा विषेश शोको आयोजना गरिएको छ । उक्त शोबाट उठेको २ लाख रुपैयाँ नगद ब्लड क्यान्सरपीडित अर्जुन कार्कीलाई प्रदान गरिएको छ । बिग मूभिजमा विशेष शोको आयोजना गरि गायक आनन्द कार्कीले पीडित कार्कीलाई नगद हस्तान्तरण गरेका थिए । लामो समयदेखि ब्लड क्यान्सरपीडित रामेछाप खिम्ती–५ का १७ वर्षीय कार्की सिभिल सर्भिस हस्पिटलमा उपचारत छन् ।

aanandakarki

सोसियल एक्सन नेपालले ब्लड क्यान्सर पिडित कार्कीको सहयोगका लागि बिग मूभिजमा विशेष शो को आयोजना गरेको थियो । नेपालमा पनि राम्रो व्यापार गरिरहेको बलिउड चलचित्र पिकेले प्रदर्शनमा आएको पहिलो दिन नै ३३ करोडको व्यापार गरेको छ । चलचित्र पिकेलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् भने चलचित्रमा अमिर खान सहित अनुष्का शर्मा, बोमन इरानी, सञ्जय दत्त, सुशान्त सिंह राजपुत, सौरभ शुक्ला लगायतको भूमिका रहेको छ । पिकेमा आमिर खानको भुमिकालाई सबैले तारिफ गरेका छन् ।

%d bloggers like this: