Tue. Apr 16th, 2024

केहि महिना अगाडी भारतका सबैभन्दा धनी कलाकारको पहिलो सुचिमा परेका बलिउडका बादशाह शाहरुख खानलाई उछिन्दै भारतका सबैभन्दा धनी कलाकारको रुपमा सलमान खानले उछिनेपछि शाहरुख खान भारतका दोस्रो धनी कलाकारको रुपमा उभिएका छन् । यति धनी कलाकार भएपनि उनले भारत सरकार सगँ कर छलेको खबर बाहिरिएपछि यति बेला शाहरुख खान विवादमा छन् । सन् २००६ मा आफ्नी पत्नी गौरी खानको नाम लिएको निरव्याजी ऋणमा कर छली गरेको आरोपमा आयकर पुनरावेदन न्यायाधिकरण मुम्बई बेन्चले बलिउड अभिनेता शाहरूख खानलाई सफाइ दिएको छ। शाहरूखले पत्नीको नाममा ऋण लिएर व्याजबाट उन्मुक्ती पाउन खोजेको भन्ने आरोप लगाइएको थियो।

saharuk

कर अधिकारीहरूका अनुसार उक्त ऋणको व्याजबाट बच्न उनले सम्पती पत्नीका नाममा हस्तान्तरण गरेको हुन। न्याधिकरणले दिल्लीको एउटा आवासिय घर किन्नका लागि १।६६ करोड भारू तथा गहना खरिदका ७० लाख भारू रूपयाँ गौरी खानले नै किन निरव्याजी ऋण लिइन भनेर प्रश्न गरेको थियो। पछि सम्पती कसको नाममा लिने भन्ने कुरा नितान्त घरायसी निर्णय भएकाले त्यसमा आयलाई जोड्न नमिल्ने भन्दै खारेज गरिएको थियो। बेन्चले गौरी खानको पनि आफ्नै छुट्टै आम्दानीको श्रोत भएको र उनले शाहरूखलाई पैसा पनि फिर्ता दिइसकेकाले शाहरूख खानलाई सफाइ दिएको हो।

%d bloggers like this: