Sat. May 11th, 2024

बेला बेलामा विभिन्न कारणले चर्चामा आउन माहिर मानिने नायिका रेखा थापाले हिम्मतवालीमा अभिनय गरेका सुदर्शन गौतम आफ्नो प्रेम रहेको खुलाएकी छिन् । नयाँ पत्रिका दैनिक सगँ कुराकानी गर्दै रेखाले आफु सुदर्शनको प्रेममा रहेको बताएकी छिन् । उनले आफूलाई बिहे गर्ने तिब्र इच्छा भएको र अहिलेसम्म भने कोही पनि फेला नपरेको संकेत गर्दै भनेकी छन्,‘अबको दुई वर्षमा बिहे गर्छु । मेरा लागि पनि कहीँ न कहीँ कोही न कोही त लेखेकै होला । भेटिएन भने पनि मसँग अथाह उमेर बाँकी नै छ । ५० वर्षको उमेरमै भए पनि गरौंला ।’ थापाले सुदर्शन गौतमको प्रेममा रहे पनि उनीसँग बिहे हुने या नहुने बारे भने केही पनि बताएकी छैनन् ।

sudarsan and rekha

त्यस्तै नायिका रेखा थापाले छविले आफूलाई बनाएको नभएर आफूले छविलाई बनाएको बताएकी छन् । उनले भनिन्– ‘चलचित्र क्षेत्रमा लागेपछि मलाई ‘सेकयूअर’ पनि हुनु थियो । बिहे गरेपछि एटलिस्ट सेक्युअर त भइन्छ भन्ने लागेर छवि ओझासँग बिहे गरेँ ।’ ‘हिजो नमस्ते नेपालको टिनको छानामा बस्ने व्यक्तिको आफ्नो घर त बन्यो नि ,व्यानर बन्यो ,स्थापित प्रोड्युसर भए । हिजो नरेश पौडेल र श्याम खेतानको पछि थर्डमा हुन्थे,’ रेखाले छवि आफ्नै कारण व्यावसायिक रुपमा सफल भएको दाबी गर्दै भनेकी छन्,‘मैले फस्ट बनाए नि त । रेखा फिल्म्स् बनेपछि उहाँ सोले प्रोड्युसर बन्नुभएको हो । फिल्ममा अलरेडी मेरो नाम युज गरिन्थ्यो–रेखा थापाको हिम्मत,रेखा थापाको किस्मत ।

%d bloggers like this: