Thu. Apr 25th, 2024

धेरै लामो समय पनि भएको छैन करिब ६ महिना भयो नेपाल टेलिभिजनबाट शुक्रबार ८ः५० बजे देखी सुरु हुने हाँस्यटेलिश्रखला भद्रगोल यति बेला सबैको रोजाईमा पर्न सफल भएको छ । तितो सत्य,जिरे र्खोसानी,मेरी बाँस्सै लगायतका हाँस्यटेलिश्रखला भन्दा यति बेला भद्रगोलको लोकप्रियता बढ्दै गएको छ । भद्रगोलमा अभिनय गर्ने कलाकारहरुले बेला बेलामा बोल्ने थेगोले नै भद्रगोलले यतिको उचाई लिन सफल भएको बताइन्छ । भै गो नि त, हजुुर बरिस्ट, हस त नमस्कार,सक्किगो नि त, टुच्च, फाक भइहाल्यो नि, द्यास सिट,मेरी आम्मै नि, खत्तम भो, बर्वाद भो,ए होइ ए होइ हन के त भन्दाखेरि आखिरमा हो नि त,के गर्नु तनावै तनाव छ, गोजीमा दुई रुप्पे छैन,ए हो ठिकै छ लगायतका थेगोहरु यति बेला शहर मात्र होइन गाँउ गाँउमा समेत चर्चित बन्दै गइरहेका छन् । अहिले प्राय सबैको मुखमा यिनै थेगोहरु सुन्न सकिन्छ ।

bhadragol

थोरै समयमा लोकप्रियता कमाउदैं गएको भद्रगोलले अझ लोकप्रियता कमाउने भद्रगोलका निर्देशक शंकर आचार्य बताउँछन् । कुमार कट्टेल (जिक्रि हजुर) र अर्जुन घिमीरे (धतुरे) को स्क्रिप्ट र मुख्य सहायक निर्देशन गरेको भद्रगोलभन्दा पहिला यो जोडीले सिस्नु पानी झ्याम्मै नामक हास्य टेलिसिरियल दर्शकमाझ ल्याएका थिए । केहि आर्थिक कारणले उक्त टेलिसिरियल बन्द भएपछि उनीहरु र निर्देशक शंकरको अगुवाइमा भद्रगोल तयार भएको हो । थेगोले भरिएको भद्रगोलमा मेरी बास्सैमा जिक्रि हजुरको चरित्र निभाएर चर्चा कमाएका कुमारले आफूलाई तोर्पेको रुपमा समेत प्रस्तुत भएका छन् भन् भद्रगोलका अर्का लेखक अर्जुनले भने पाडे नामको चुत्थो बुढाको भूमिका निभाएका छन् । सिरियलमा नेवारी लवजमा बोल्ने राधा श्रेष्ठले ‘का’ भन्ने गर्छिन भने उनकी छोरीको भूमिकामा रहेकी तोर्पेनी मनिषा थापाको अभिनयलाई पनि दर्शकले रुचाएका छन् । त्यसैगरी, अर्को पात्र हरि निरौला ‘सोलो मोशन’ मा हिड्छन् । अर्का पात्र सागर लम्सालले ‘कुरो’ भनेर कुरा जोड्छन् ।

%d bloggers like this: