Thu. Apr 25th, 2024

नेपाली चलचित्रनगरीकी एक सरल र असल नायिकाको रुपमा चिनिन्छिन् ऋचा शर्मा । उनी अरु नायिका जस्तो बेला बेलामा चर्चामा पनि आउने नायिका होइनन उनी चर्चालाई भन्दा पनि बढि काम र मेहेनतलाई ठुलो ठान्छिन् त्यसैले होला उनी संख्याका आधारमा भन्दा पनि उत्कृष्ट चलचित्रमा अभिनय गर्ने नायिकाको रुपमा पनि परिचित छिन् । केहि महिना अगाडी मात्र प्रदर्शनमा आएको चलचित्र टलकजंग भर्सेस टुल्केबाट उनले राम्रो प्रशंसा बटुल्ने सफल भईन । उनको अभिनयलाई टलकजंग भर्सेस टुल्केमा दर्शकले निकै रुचाए । मगर्नी केटी फुलीका भुमिका निभाएकी ऋचाले अभिनय गरेको अर्को नयाँ चलचित्र जंगे प्रदर्शनको तयारीमा छ । उनी चलचित्र जंगेमा रानी राजेन्द्र लक्ष्मीको भूमिकामा देखिँदैछिन्। अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक पत्रिकासगँको कुराकानीमा ऋचाले भनिन् मलाई बच्चाको खुब रहर छ।

richa sharma

विवाह होस्, बच्चा जन्माऊँ । परिवारले चलचित्र क्षेत्रमा काम गर्न साथ र सहयोग गरून् भन्ने मेरो चाहना छ। तर विवाह कहिले हुने, कोसँग हुने त्यो भगवान्‌कै हातमा छ। ऋचा थप्छिन् ‘सेक्सी र ग्ल्यामरस छविका नाममा विवादमा आएर चिनिनु छैन र त्यो मेरो चाहना पनि होइन ।’ २७ औं वर्षमा हिँड्दै गरेकी उनी अब केही वर्ष अभिनय गरी विवाह गर्ने योजनामा छिन्। तर विवाह कहिले हुने, ‘कोसँग हुने त्यो भगवान्‌कै हातमा छ’- उनी भन्छिन् । भविष्यमा अभिनयसँगै डिजाइन, प्रोडक्सन कम्पनी वा एक्टिङ स्कुल खोलेर व्यावसायिक रूपमा काम गर्ने चाहाना बोकेकी ऋचा भन्छिन् चलचित्रक्षेत्रमा स्थापित हुन् वा नयाँ नायिका, ग्ल्यामरस र सेक्सी छवि कायम गर्ने होडबाजीमा देखिन्छन् तर आफ्नो छवि कस्तो बनाउने भन्ने कुरा कलाकारमै भर पर्ने उनी बताउछिन् ।

%d bloggers like this: