Fri. Apr 19th, 2024

पुर्व मिस नेपाल माल्भिका सुब्बा चर्चित अमेरिकी कस्मेटिक्स कम्पनि एनवाईएक्सको ब्राण्ड एम्बेसडर बनेकी छिन । आफुले निर्माण गरिरहेको चलचित्र हाउ फन्नीको छायांकनमा व्यस्त माल्भिकाले विहिबार मात्र ब्राण्ड एम्बेसडरको जिम्मेवारी सम्हालेकी हुन् । कार्यक्रममा बोल्दैं माल्भिका सुब्बाले नेपालमा यस्ता मेकअपको लागि प्रयोग हुने सामानको माग अत्याधिक भएका कारण कस्मेटिक्स कम्पनि एनवाईएक्सले यस सम्बन्धी नै काम गर्ने खुलाइन ।

malvika

नेपालमा मेकअपको लागि प्रयोग हुने सामानको प्रचार प्रसारमा राम्रो सगँ ध्यान दिए नेपालमा कस्मेटिक्स सामानको माग राम्रो रहेको बताइन । उनले एनवाईएक्स ब्राण्डका कन्सेलर्स , लिपिस्टिक , ग्लोसेस , आई स्याडो लगायतका मेकअपका सामानहरु सुपथ मूल्यमा लामो समय देखि क्लोथीङ ब्यबसायमा संलग्न एक्प्रेस नेपालको राइजिङ मलमा रहेको स्टोरबाट पाउन पनि बताइन । कार्यक्रममा यस ब्राण्डका मेकअप समानका बारेमा मेकअप आर्टिस्ट साकिल कुवरले उपस्थित सेलिब्रेटी तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

%d bloggers like this: