Tue. Apr 23rd, 2024

महिला हिंसाको बिरुद्धमा निर्माण गरिएको चलचित्र रक्तभोगको पोष्टर र प्रोमो आज सार्वजनिक गरिएको छ । चितवनको माडीमा २ बर्ष अगाडि २०६८ फागुन ५ गते बोक्सीको आरोपमा मारिएकी ढेगनी देवीको घटनालाई लिएर निमार्ण गरिएको चलचित्रको प्रोमो र पोष्टर राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले सार्वजनिक गर्नुभयो ।  कार्यक्रममा आयोगकी सदस्य अन्सारीले यो चलचित्रले महिला हिसाको विरुद्धमा नयाँ आन्दोलन शुरु गर्ने बताईन । उनले यो चलचित्रले वोक्सी प्रथा विरुद्ध कडा कानुन निर्माणमा सहयोग पु¥याउने बताईन । आफुले अहिलेसम्म बोक्सी नदेखेको भन्दै उनले यो गलत सस्कारको जड समाजका उच्च वर्ग नै रहेको बताईन् । राजनीतिक नेताहरु पनि बावा र धामि खोज्दै हिड्ने गरेको भन्दै उनले यस्ता बावा र धामीसवैलाई जेल हाल्नुपर्ने बताईन । कार्यक्रममा बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवी महतोकी ससुरा झारी महतोले आफ्नो बुहारी जसरी अरु महिला बोक्सीको आरोपमा मारिनु नपरोस भन्ने कामना गरे । यसको लागि यो चलचित्रले गाँउ गाँउमा रहेको अन्धविस्वास हटाउन भुमिका खेल्ने आशा गरे । चलचित्रका निर्देशक विवि फुयाँलले यो चलचित्र निमार्णका क्रममा भोगेका अनुभव सुनाए । उनले ढेगनीदेवीलाई निकै विभत्स तरिकाले हत्या गरिएको र उस्तै दृष्य चलचित्रमा उतारेको बताए । घाटि रेटेर , शरिर बाट मासु निकालेर रगताम्य पार्दै हत्या गरिएकी ढेगनी देवीको घटनालाई पर्दामा जस्ताको तस्तै देखेर दर्शकको मन त्यसै आन्दोलित हुने उनले बताए । उनले यो चलचित्र सुटिङ्गका क्रममा घटनालाई जस्ताको तस्तै उर्तान धेरै गा¥हो परेको भन्दै चलचित्र सुटिङ्गका क्रममा ढेगनी देवीलाई सम्झेर धेरै पटक रोएको अनुभव सुनाए ।

rak

चलचित्रमा ढेगनीदेवीको भुमिकामा रहेकी नायिका सारिका घिमिरेले यो चलचित्र आफ्नो जीवनकै महत्वपुर्ण चलचित्र रहेको बताईन । उनले घटनाको बिभत्स रुपका कारण शुरुमा आफुले गर्न सक्छु जस्तो नलागेको भन्दै तर पछि महिला हिसाको अन्त्यका लागि आफैबाट अभियान शुरु गर्नुपर्छ भनेर काम गरेको बताईन् । चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले यो चलचित्र महिला हिंसा विरुद्धमा आगोको झिल्को रहेको र सबैको साथ पाएमा यसले आगोको ज्वालाको रुप लिने बताए । केआर फिल्मस एण्ड ईन्टरटेन्मेन्टको ब्यानरमा चलचित्रको सम्पुर्ण सुटिङ्गको काम सकिएको र पोस्टपोक्डक्सनको काम अन्तिम चरणमा रहेकोले छिट्टै प्रर्दशनमा आउने निमार्ता तिवारीले बताए । उनले यो चलचित्र नेता, सभाषद, अधिकारकर्मी देखि लिएर गाँउगाँउमा गएर देखाउने बताए । यसले महिला हिसाको अन्त्यमा लागि सवैलाई आन्दोलित बनाउने उनको भनाई छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य अन्सारीले यो चलचित्र राष्ट्रिय मानव अधिकार आयोगका सवै कर्मचारीलाई देखाउने बातावरण मिलाउने बताईन ।
४० लाख लगानीमा बनेको चलचित्रमा ढेगनी देवीको भुमिकामा नायिका सारिका घिमिरे,कृष्णराज तिवारी,ज्योती सापकोटा,रवि खनाल तथा अन्य कलाकारहरुमा रचना पौडेल, पोदराज पौडेल, सैलेस पौडेल वालकलाकार भुवन नेपाली लगायतले भुमिका निर्वाह गरेका छन ।

%d bloggers like this: