Fri. Mar 29th, 2024

शुलेमान शंकर इकुले निर्माण गर्न लागेको चलचित्र ‘लाली’को आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्र निर्माणको घोषणा गरिएको छ । ‘इकु’ र ‘इकु ब्याक एगेन’ पछि कलाकार सुलेमान शंकरले चलचित्र ‘लाली’ बनाउन लागेका हुन् । साथैं चलचित्र यूनिटले कालिमाटीमा रहेको आमा घरमा रहेका ३२ जना बृद्ध आमाहरुलाई कम्मल वितरण गरिएको थियो । सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले आमा घरका बृद्ध आमाहरुलाई कम्मल वितरण गरे । इकुले फिल्म सस्पेन्स कमेडीमा आधारित रहने बताएका छन् ।

Nikhil,-Iku-and-Reet

सस्पेन्स, थ्रिलर तथा कमेडी यो चलचित्रले दर्शकलाई आफ्ना अघिल्ला चलचित्र भन्दा फरक स्वाद दिने सुलेमान शंकरको भनाई छ । चलचित्रमा निशान थापा ‘मोहन’को लगानी छ । माघको दोस्रो साताबाट छायाँकन शुरू गरिने यो फिल्मको पटकथा शिवम अधिकारीले लेखेका छन् । फिल्ममा ताराप्रकाश लिम्बुको संगीत तथा अष्ट महर्जनको द्धन्द निर्देशन रहने छ । रीत सिंहको डेब्यू निर्देशन रहने ‘लाली’ले नारीको कथालाई उठाउने छ । कार्यक्रममा निखिल उप्रेती पनि उपस्थित भएका थिए ।

%d bloggers like this: