Thu. Apr 25th, 2024

प्रदर्शनमा आउन अगावै नै विभिन्न कारणले चर्चा बटुलेको बलिउडका सुपरस्टार अमिर खान अभिनित चलचित्र पिकेले आजबाट संसारभर एक साथ प्रदर्शनमा आरम्भ गरेको छ । यस भन्दा अघि अमिर खान अभिनित चलचित्र धूम ३ ले ५०० करोडको व्यापार गरेको थियो भने यस चलचित्रले प्रदर्शनमा आउनु अगावै नै आफ्नो लगानी सुरक्षित गरिसकेको छ । फिल्ममा अमिर खान सहित अनुष्का शर्मा, बोमन इरानी, सञ्जय दत्त, सुशान्त सिंह राजपुत, सौरभ शुक्ला लगायतको भूमिका रहेको छ भने राजकुमार हिरानीको डाइरेक्सन रहेको छ ।

aamirpk2

यस चलचित्रले बलिउड इतिहासकै सबै रेकर्ड तोड्ने विश्लेषकहरु बताउँछन् । चलचित्र पिके फिल्म भारतभित्र ५ हजारवटा हल र भारतबाहिर ८२० हलमा प्रदर्शन हुने बताइएको छ । यस पटकको शुक्रबार भने नेपाली चलचित्र कुनै पनि प्रदर्शनमा आएका छैनन् । त्यसैले पनि नेपालमा बलिउड फिल्म पिकेले उत्साहजनक व्यापार गर्ने नेपालका वितरकहरु बताउँछन् ।

%d bloggers like this: