Thu. Apr 25th, 2024

चलचित्रमा सोचे अनुरुपको भुमिका नहुने र भने जस्तो कथा नभेटेपछि केहि समय यता चलचित्रमा अभिनय गर्ने कलाकारहरुले नै चलचित्र निर्माण गर्न लागेका छन् । नायिका नम्रता श्रेष्ठ,करिश्मा मानन्धर,निखिल उप्रेती,रेखा थापा लगायतका धेरै कलाकारहरुले चलचित्र निर्माण गरिसकेका छन् । आफुले निर्माण गरेको चलचित्रले समाजमा केहि राम्रो सन्देश दिने कलाकारहरु बताउँछन् । त्यहि क्रममा नायिकाको रुपमा आफुलाई स्थापित गराईसकेकी पुजना स्त्रीले पनि चलचित्र चकलेट निर्माण गरेकी छिन् । पुजनाका अनुसार आफुले चलचित्र निर्माण गर्दा सोचे अनुरुपको अभिनय र मनछुने कथा समावेश गर्न सकिने तर्क दिन्छिन् । उनले निर्माण गरेको चलचित्र चकलेट हाल पोष्ट प्रोडक्शनमा छ । यस बर्ष नै चलचित्र प्रदर्शन गर्ने धोको राखेकी पुजनाले चलचित्र चकलेटमा सडक बालबालिकाको कथालाई उठाएकी छिन् । पुजना आफैं नै चलचित्रमा मुख्य भुमिकामा रहेकी छिन् ।

chocolet2

चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् । निर्मल शर्मा ‘गैँडा’ले चलचित्रलाई निर्देशन गरेका छन् । चलचित्रमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य ,केशव भट्टराई,सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ । चलचित्रको कथा स्वयं चलचित्रकी निमात्री तथा नायिका पुजना स्त्रीले लेखेकी हुन् ।दुई बर्ष लगाएर चलचित्रको स्क्रिप्ट लेखिएको यस फिल्मको सुटिङ्ग हुनु अघि एक महिने वर्कसप समेत गरिएको थियो । चलचित्रमा अर्जुन पोखरेल, शिखर सन्तोष, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य रहेको छ । 

%d bloggers like this: