Fri. Mar 29th, 2024

 ichha-2

फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाएर निर्माण भएको चलचित्र इच्छालाई अब दर्शकले माघ २ गतेबाट हेर्न पाउने भएका छन् । ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’ निर्माण पछि निर्माता बाट निर्देशक बनेका मुनाल घिमिरेको निर्देशनमा तयार भएको चलचित्र इच्छाले बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजेको छ ।

ichha-3

दाङ्, भैरहवा, काठमाण्डौ, धुलिखेल लगाएतका स्थानमा छायांकन गरिएको यो चलचित्र ‘कमेडी लभ स्टोरी’ हो । चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

ichha-1

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=N9fTUKu6EYM

%d bloggers like this: