Thu. Mar 28th, 2024

sunny_tanuj

सन्नी लियोनीसँग फिल्म ‘वान नाइट स्ट्याण्ड’मा राणा दग्गुबतीले काम गर्दैछन् । तर डेट इस्यूजका कारण राणालाई रति अग्निहोत्रीका छोरा तनुज वीवानीले रिप्लेस गरिदिएका छन् । यसबारे पुष्टि गर्दै फिल्मका निर्माता टुटू शर्माले भने, ‘तेलुगु फिल्म इन्डस्ट्रीमा जारी हड्तालका कारण कैयन एक्टरको सेड्यूल नै गडबड भयो । यसकारण हामीले २५ भन्दा धेरैसँग अडिसन लियौं र अन्ततः तनुजलाई लिने निर्णय गर्यौं । फिल्मको सुटिङ आगामी साता मेहबूब स्टूडियोबाट सुरु हुँदैछ । यस फिल्ममा जसमिन डिसूजाले निर्देशकीय डेब्यू गर्नेछन् । फिल्म आगामी वर्षको जुन महिनासम्ममा रिलीज हुने बताइएको छ ।

%d bloggers like this: