Sat. Apr 27th, 2024

वुधबार मात्र चलचित्र ‘वान वे’ र ‘अधकट्टी’ले चिठ्ठा थुतेर फागुन १ गते कुन चलचित्र प्रदर्शन गर्ने भन्दै गरेको गोलाप्रथाबाट वान वेले फागुन १ गते चलचित्र प्रदर्शन गर्ने अवसर पाएँ पछि चलचित्र यूनिटले चलचित्रको नयाँ गीत सार्वजनिक गरेको छ । कसरी भनूँ नामक बोलको सार्वजनिक गीतमा नव अभिनेता सिद्धार्थ गुरूङले नव अभिनेत्री माला सुब्बा देखिएका छन् । गीतले एकअर्काप्रतिको प्रेमभावलाई प्रस्तुत गरेको छ । गीतमा डम्बर नेपालीको शब्द तथा संगीत छ भने स्वर सविन राईको रहेको छ । उक्त गीतको करियोग्राफी संगीता श्रेष्ठले गरेकी हुन् ।

Karishama manandhar

आर.सी पिक्चर्सको निर्माणमा तयार भएको चलचित्र ‘वान वे’लाई पुस्तान्तरको कथा भनिएको छ । चलचित्रमा लेखन तथा निर्देशन सुरज सुब्बा ‘नाल्बो’को , लेखन प्रदिप भट्टराइको, छायांकन दिपेन्द्र प्रसाद थपलिया र टेकबहादुर राइको छ । राजकुमार राइले निर्माण गरेको यो चलचित्रमा सिद्धार्थ गुरुङ, माला सुब्बा, रोबिन तामाङ, करिश्मा मानन्धर, विल्सन विक्रम राई, आकाश खवास, भानु प्रताप लगायतका कलाकारले अभिनय गरेका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=8LRUjbBK3kA

%d bloggers like this: