Sat. Jun 25th, 2022

निशा अधिकारी, आमिर गौतम, रेश महरठ्ठा, हर्षिका श्रेष्ठ लगायतका कलाकारहरु अभिनित चलचित्र ‘मिसन पैसा रिलोडेड’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र युनिटले चलचित्र ‘मिसन पैसा-२ रिलोडेड’ फागुन १५ गते देखी देशभर प्रदर्शनमा जाने बताएको छ । सोहि कार्यक्रममा चलचित्रको ट्रेलर पनि सार्वजनिक गरिएको थियो । प्रिन्सेस मुभिजको व्यानरमा निर्माण भएको चलचित्र ‘मिसन पैसा -२ रिलोडेड’ उत्कृष्ट चलचित्र बनेको नायक रेश महरठ्ठाले बताए ।

relod mission poisha

चलचित्र निर्माणभएको केहि बर्षपछि चलचित्र ‘मिसन पैसा २ रिलोडेड’ दर्शक माझ ल्याउन लागेको निर्माता माधव वाग्लेले बताए । चलचित्रमा माधव वाग्ले र नरेन्द्र महर्जन लगानी गरेका छन् । खतरनाक एक्शनमा चलचित्रका सबै कलाकारहरु देखिएका चलचित्रको निर्माणपक्षले बताएको छ । चलचित्रमा हरी हुमागाँइको छायांकन, दिर्घ खड्काको सम्पादन, राजकुमार उप्रेतीको एक्सन, स्वर्गिय पाण्डव सुनुवारको संगीत रहेको छ । चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।