Sat. Apr 20th, 2024

एकै मितिमा दुई देखी तिनवटा चलचित्र सम्म एकसाथ प्रदर्शनमा आइदिदाँ चलचित्रका निर्माताहरुले टाउकोमा हात राख्नु पर्ने अबस्थामा चलचित्र ‘वान वे’ र ‘अधकट्टी’ले भने चिठ्ठा थुतेर कसले फागुन १ गते चलचित्र प्रदर्शन गर्ने भन्ने नयाँ कदम अगाडी सारेका छन् । फागुन १ गते एकसाथ यि दुई ठुला चलचित्र ‘वान वे’ र ‘अधकट्टी’ प्रदर्शनमा आउन लागेका थिए तर चिठ्ठामा फागुन १ गते ‘वान वे’लाई परेको छ अर्थात अब फागुन १ गते ‘वान वे’ चलचित्र मात्र प्रदर्शन हुनेछ भने चलचित्र ‘अधकट्टी’ले आफ्नो प्रदर्शन मिति पर सारेको छ । केहि दिन भित्रमा नै चलचित्रको अर्को प्रदर्शन मिति सार्वजनिक गर्ने चलचित्र ‘अधकट्टी’का निर्माता प्रदिप कुमार उदयले बताए ।

one-way

आर.सी पिक्चर्सको निर्माणमा तयार भएको चलचित्र ‘वान वे’लाई पुस्तान्तरको कथा भनिएको छ । चलचित्रमा लेखन तथा निर्देशन सुरज सुब्बा ‘नाल्बो’को , लेखन प्रदिप भट्टराइको, छायांकन दिपेन्द्र प्रसाद थपलिया र टेकबहादुर राइको छ । राजकुमार राइले निर्माण गरेको यो चलचित्रमा सिद्धार्थ गुरुङ, माला सुब्बा, रोबिन तामाङ, करिश्मा मानन्धर, विल्सन विक्रम राई, आकाश खवास, भानु प्रताप लगायतका कलाकारले अभिनय गरेका छन् । त्यस्तै चलचित्र ‘अधकट्टी’मा संचारकर्मी सुव्रत आचार्यको निर्देशन रहेको छ भने चलचित्रमा विल्सन विक्रम राई, अशिष्मा नकर्मी, गौरव पहारी, रिस्ता बस्नेत र नव कलाकार प्रदिप बाँस्तोलाको अभिनय छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठ विशेष भूमिकामा देखिनेछिन् ।

%d bloggers like this: