Thu. Apr 25th, 2024

soul-sister0020

पहिलो पटक नेपाली चलचित्र निर्माण गरेकी अभिनेत्री नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘सोल सिस्टर’को टिजर रिलिज भएको छ । केहि दिन अगाडी मात्र पत्रकार सम्मेलन गरेर चलचित्र ‘सोल सिस्टर’को प्रदर्शन मिति सगैं चलचित्रको टिजर र प्रोडक्शन कम्पनीको घोषणा गरेकी नम्रताले आफु अभिनित चलचित्र ‘सोल सिस्टर’को टिजर युटुब मार्फत सार्वजनिक गरेकी छिन् । ४५ सेकेण्ड छोटो टिजरमा नायिका नम्रता श्रेष्ठ देखिएकी छिन् । टिजरमा नम्रताको शरिरको पछाडी पटिको भागलाई देखाइएको छ । प्रशान्त रसाइलीले निर्देशन गरेको चलचित्र ‘सोल सिस्टर’ माघ १ गतेबाट अलनेपाल रिलिज हुदैंछ । चलचित्रमा फिल्ममा नम्रता श्रेष्ठ, दीपक शर्मा, शकुन्तला बैद्य, राजेश हमाल र रविना देसराजको मुख्य भूमिका छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=Eb0n8m71YyU&app=desktop

%d bloggers like this: