Tue. Apr 23rd, 2024

चर्चित अभिनेत्री करिश्मा मानन्धर फेरी चलचित्र निर्माण कार्यमा फर्किएकी छिन् । निकै बर्षपहिले करिश्माले चलचित्र ‘बाबुसाहेब’ निर्माण गरेकी थिइन । उक्त चलचित्रबाट लाखौंको घाटा सहेपछि ९ बर्षसम्म अमेरिकामा बसेर हाल फेरी नेपाली चलचित्रमा सक्रियता देखाएकी करिश्माले अब गोपीकृष्ण मुभिजसँग मिलेर चलचित्र निर्माण गर्ने भएकी छिन् । चलचित्रको नाम सार्वजनिक नगरेपनि गोपीकृष्णले आफ्नो लगानी र अन्य चलचित्रकर्मीसँगको सहकार्यमा ७ वटा चलचित्र निर्माण गर्ने चलचित्र मध्य एउटा चलचित्रलाई करिश्माले लगानी गर्ने बताइएको छ ।

karishma manandhar

खबरका अनुसार आफुले निर्माण गर्न लागेको चलचित्रकामा करिश्मानै नायिकाको भुमिकामा देखिने छिन् । गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेको चलचित्र होमवर्कको निर्माण घोषणा कार्यक्रममा नायिका करिश्माले आफुले पनि चलचित्र निर्माण गर्न लागेको बताएकी थिइन । उनको भनाई अनुसार चलचित्र प्रेम सम्बन्धी विषयमा निर्माण हुनेछ । त्यस्तै,रेशराज आचार्यलाई निर्देशक लिएर भैरव सापकोटाले फिल्म निर्माण गर्नेछन् । निर्देशक गणेशदेव पाण्डेले सुनिता नामको फिल्म गोपीकृष्ण मुभिजसँग सहकार्य गरेर बनाउँदै छन् भने अभिनेत्री नम्रता श्रेष्ठले पनि नयाँ फिल्म बनाउँदै छिन् ।

%d bloggers like this: