Fri. Apr 26th, 2024

विदेशका विभिन्न शहरहरुमा प्रिमियर शो सम्पन्न गरेको चलचित्र सेतो बाघले आफ्नो नेपालमा प्रदर्शन मिति तय गरेको छ । चैत २७ गते अब चलचित्र सेतो बाघ अलनेपाल रिलिज हुने मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि बताइएको छ । चलचित्रलाई गोपीकृष्ण मुभिजले वितरणको जिम्मा लिएको छ । केहि समय यता गोपीकृष्ण मुभिजले हिन्दि फिल्म मात्र वितरण गर्दै आएको थियो । हिजो आयोजित कार्यक्रमा गोपीकृष्णका तर्फबाट निकिता पौडेल र फिल्मका तर्फबाट निर्देशक नीर शाहले एग्रीमेन्ट पेपरमा साइन गर्दै सो घोषणा गरेका हुन् ।

neer-shah-uddhav-paudel-and-nikita-paudel-at-movie-seto-bagh

डायमन शमशेर राणाको ऐतिहासिक उपन्यास माथि बनेको यस फिल्ममा बीएस राणा , अन्जना कट्टेल , पवन मैनाली , राजा राम पौडेल लगायत ६० भन्दा बढी कलाकारको अभिनय रहेको छ । चलचित्रले जंग बहादुरको अन्तिम ३० दिनको कथा बोकेको छ । एउटा कुरा याद रहोस चलचित्र सेतो बाघ २ ठुला चलचित्र सगँ एकसाथ प्रदर्शनमा आउने छ । विकास आचार्यको ‘नाई न भन्नु ल ३’ र छविराज ओझा ‘हवल्दार सुन्तली’ सगँ निर शाहले निर्देशन गरेको चलचित्र सेतो बाघको महायुद्ध हुने विश्लेषकहरु बताउँछन् । 

%d bloggers like this: