Thu. Apr 25th, 2024

माया प्रेमका चलचित्रमा प्राय धेरै देखिने नायक आर्यन सिग्देल पछिल्लो समयका विभिन्न भुमिकामा देखिन थालेका छन् । चलचित्र नाईकेका गुण्डा नाईकेको भुमिकामा देखिएका आर्यन पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अलविदामा मुस्लिम युवाको भुमिकामा देखिदैंछन् । त्यहि क्रममा अब नायक आर्यन सिग्देललाई अर्को नयाँ रुपमा देख्न पाईने भएको छ । गोपिकृष्ण मुभिजले निर्माण गर्न लागेको फिल्म होमवर्कको मंगलबार राजधानीमा घोषणा गरिएको छ । चलचित्र होमवर्कमा आर्यन नयाँ गेटअपमा देखिने भएका छन् । निरक पौडेलले निर्देशन गर्न लागेको यो चलचित्रमा आर्यन पाको उमेरको एक व्यक्तीको भूमिकामा देखिदैछन् । चलचित्रको घोषणा कार्यक्रममा नायक आर्यन सिग्देलको अनौठो गेटअपले सबैको ध्यान खिच्न सफल भएको थियो ।

aaryan-sigdel-and-nirak-paudel-at-new-movie-homework

जब आर्यन एक पाका मानिस बनेर झोला र टुम्लेट भिरेर स्टेजमा देखिए तब कसैले आर्यनलाई चिन्न सकेनन् । जब मुसुक्क मुस्कुराए आर्यन तब मात्र उक्त व्यक्ति आर्यन रहेछन् भन्ने पत्ता लाग्यो । कार्यक्रममा सम्पूर्ण चलचित्रसँग आवद्ध प्राविधिक तथा कलाकार प्ले कार्ड बोकेर स्टेजमा पुगेका थिए । उनीरुले चलचित्रमा आफ्नो भूमिका के रहनेछ भन्ने जानकारी प्ले कार्ड मार्फत नै दिएका थिए । चलचित्रमा आर्यनका अलवा नम्रता श्रेष्ठ, विजय लामा लगायतका कलाकारको अभिनय रहनेछ । ताराप्रकाश लिम्बुको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, निमा लामाको मेकअप रहने रहने बताइएको छ । गोपीकृष्ण मुभिजले सन् २०१५ भित्र आफ्नै र संयुक्त लगानीमा सातवटा फिल्म निर्माण गर्ने जनाएको छ । जस अन्र्तगत आज आयोजित पत्रकार सम्मेलनमा ती फिल्मको जानकारी पनि गराइयो । जसमा अभिनेत्री करिश्मा मानन्धर निर्माता रहने फिल्म पनि छ ।

%d bloggers like this: