Mon. Apr 29th, 2024

मंसिर २६ गतेबाट देशभर प्रदर्शनमा लागेको चलचित्र कान्छी मट्याङ ट्याङले उत्साहजनक व्यापार गरिरहेको चलचित्रका निर्देशक पुरन थापाले बताए । शुक्रबारदेखि राजधानी र मोफसलका तीन दर्जनबढी हलमा प्रदर्शन भइरहेको फिल्मलाई दर्शकले अत्याधिक मनराएका छन् पुरनले भने अब केहि दिन भित्रमा अरु थप हलहरुले पनि चलचित्र लगाउदैंछन् । दर्शकको निकै राम्रो साथ पाईरहेको चलचित्र कान्छी मट्याङ ट्याङले दर्शकलाई सुरुमा हँसाउने र अन्तिममा नमज्जाले रुवाउने कलाकार लक्ष्मी गिरीले बताइन । चलचित्रमा खासगरी कलाकार जयकिशन बस्नेतको मनछुने कमेडी हेर्न सकिन्छ ।

kanchi matya tanyagजयकिशन बस्नेतको कमेडीले नै दर्शक तान्न सफल भएको निर्देशक थापा बताउछन् । पुरन थापाकै लेखन र निर्देशनमा बनेको फिल्ममा जयकिसन र सारिकाका अलावा लक्ष्मी गिरी, पुरन थापा, राजाराम पौडेल, सोभित बस्नेतलगायतले अभिनय गरेका छन् । चलचित्रमा गजित विष्ट र अनु शाहको पनि अतिथी भुमिका रहेको छ । दिलासका क्रिएसनको ब्यानरमा बनेको फिल्म श्याम रायमाझीले खिचेका हुन् भने संगीत टंक बुढाथोकीको छ । कान्छी मट्याङ ट्याङ सगँ विश्व चलचित्र इतिहासमै पहिलो पटक ८ बर्षिय बालकले निर्देशन गरेको चलचित्र लब यू बाबा एकसाथ प्रदर्शनमा आएको थियो । हाल यि दुवै चलचित्र प्रदर्शनरत छन् ।

%d bloggers like this: