Fri. Mar 29th, 2024

बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको मिस वर्ल्ड २०१४ को उपाधि साउथ अफ्रिकाकी रोलिनी स्ट्रसले हात पारेकी छिन् । विश्वका विभिन्न १२५ देशका सुन्दरीहरुलाई उछिन्दै साउथ अफ्रिकाकी रोलिनी स्ट्रसले मिस वर्ल्ड २०१४ को उपाधि जितेकी छिन् । उपाधि जितेपछि रोलिनी स्ट्रसको आँखाबाट आसु समेत झरेको थियो । यस्तै, फस्ट रनरअपको उपाधि हंगेरकी इडिना कुल्सार र सेकेन्ड रनरअप अमेरिकाकी एलिजावेथ साफ्रिटले जितेका छन् ।

miss worldविश्व सुन्दरीको अन्तिम ५ मा हंगेरी, अष्ट्रेलिया, साउथ अफ्रिका, अमेरिका र बेलायतका प्रतिस्पर्धी सुन्दरीहरु पुगेका थिए । नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुगेकी मिस नेपाल सुबिन लिम्बु पहिलो चरणबाट नै बाहिरिएकी थिइन् । दोश्रो चरणमा २५ जना सुन्दरीहरु पुगेका थिए । मिस वर्ल्डको स्टेजमा पूर्व विश्व सुन्दरी बलिउड नायिका ऐश्वर्या राय ,अभिनेता अभिषेक बच्चन र छोरी आराध्याको साथमा पुगेका थिए । सन् १९५१ पछि दोश्रो पटक मिस वर्ल्ड लण्डनमा भएको थियो ।

%d bloggers like this: