Fri. Apr 19th, 2024

माया प्रेमका चलचित्रमा प्राय धेरै देखिने चर्चित नायक आर्यन सिग्देल पछिल्ला चलचित्रहरुमा भने एक्शन अवतारमा देखिन थालेका छन् । त्यहि क्रममा पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अलबिदामा पनि आर्यन खतरनाक एकशन अवतारमा देखिएका छन् । चलचित्र युनिटले केहि दिन अगाडी सार्वजनिक गरेको ट्रेलरमा आर्यनलाई खतरनाक एक्शन भुमिकामा देख्न सकिन्छ भने चलचित्रमा पनि उनको एक्शन भरपुर मात्रमा देख्न सकिने कलाकार तथा निर्माता हसन खानलले बताए । चलचित्रमा आर्यन पहिलो पटक मुस्लिम धर्ममा विश्वास गर्ने युवकको भूमिकामा देखिएका छन् ।

alvidaमुस्लिम र हिन्दू समुदायको कथामा आधारित लक्ष्मण रिजालको निर्देशित चलचित्र ‘अलबिदा’मा आर्यन सिग्देल, हसन खान, अनिता आचार्य र नागेन्द्र रिजालको मुख्य भूमिका छ । एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको यो फिल्मको कथा निर्माता तथा अभिनेता हसन खानले नै लेखेका हुन् । अभिनेत्री अनिता आचार्य चलचित्र अलविदामा मुस्लिम समुदायको युवतीको भूमिका निर्वाह गरेकी छिन् भने चलचित्रका निर्माता तथा कलाकार हसन खानले मुस्लिम समुदायको प्रतिनिधित्व गरेका छन् । चलचित्रमा अष्ट महर्जनको द्धन्दनिर्देशन, रामेश्वर कार्कीको छायांकन, लक्ष्मण रिजाल र विशाल सापकोटाको पटकथा तथा बिपिन मल्लको सम्पादन रहेको छ ।

%d bloggers like this: