Fri. Apr 19th, 2024

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बुहुप्रतिक्षित फिल्म आभाष यति बेला सबैको प्रतिक्षाको चलचित्र बनेको छ । विस्तारै विस्तारै नेपाली चलचित्रप्रति दर्शकको मोह घटिरहेको बेला चलचित्र आभाषले दर्शकको क्रेज बढाउने निर्माता तथा कलाकार गोविन्द शाहीले मनोरञ्जन संसारडटकमलाई बताए । चलचित्र प्रदर्शनका आउनु अगावै नै चलचित्रका गीत,संगीतलाई दर्शकले अत्याधिक मन पराईरहेका बताउदैं निर्माता शाहीले चलचित्रलाई दर्शकले अझ बढि मन पराउने बताए । फिल्म ‘आभाष’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

aavashयसअघि फिल्म सम्पादनमा सफल दरिएका सुरेन्द्रले यसै फिल्मबाट निर्देशनमा पनि हात हालेका हुन् । फिल्ममा संयम पुरी,आस्मा डिसी,सलोन बस्नेत,निशा अधिकारी,सुनील रावल लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । फिल्ममा चलचित्रका निर्माता तथा कलाकार गोविन्द शाही पनि अतिथी कलाकारको रुपमा देखिएका छन् । क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको आभाषमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ भने गम्भीर विष्टको नृत्य निर्देशन र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ ।

%d bloggers like this: