Wed. Apr 24th, 2024

चर्चित टेलिभजन शो ‘कमेडी नाइट विथ कपिल’का सञ्चालक चर्चित कमेडियन कपिल शर्माले काठमाडौंमा रहेको पशुपति मन्दिरको दर्शन गरेका छन् । शनिबार दशरथरंगशालामा एनसेलको आयोजनामा हुन लागेको पर्पल फेष्ट कार्यक्रम स्थगित भएपछि आज बिहान कपिलले पशुपतिको दर्शन गरेका थिए । पशुपतिको दर्शन गरेपछि उनले आफ्नो फेसबुकमा फोटो राख्दै आफु भाग्यमानी रहेको लेखेका छन् । आज बेलुका नै कपिल भारत जाने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

kapil sarmaकपिलसँग ‘कमेडी नाइट विथ कपिल’ मा अभिनय गर्ने दादीको भूमिका निभाएका अलि अजगर र नोकरको भूमिका निभाउने राजु अर्थात चन्दन प्रभाकर नेपाल आएका थिए। शनिबार आफ्नो हाँस्य प्रस्तुती दिन काठमाडौं आईपुगेका कपिलले फेरी नेपालमा आउने आश्वासन दिएका छन् । सुरक्षा निकायले सुरक्षा सोचेअनुरुपको नभएको भन्दै एनसेल आयोजक समितिलाई उक्त कार्यक्रम रोक्न आदेश दिएपछि उक्त कार्यक्रम स्थगित भएको थियो । कार्यक्रम स्थगित भएपनि कपिल काठमाडौं आईपुगेका थिए ।

%d bloggers like this: