Tue. Apr 16th, 2024

laljodiएउटा साथीबाट अब्बल निर्देशकका रुपमा पनि सावीत भईसकेका निर्देशक तथा सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गर्न लागेको दोस्रो चलचित्र लालजोडीको गीत रेकर्डिङ कार्य सुरु भएको छ । शनिबार काठमाडौं प्लाजास्थित ड्रिम्स स्टुडियोमा रेकर्ड ‘आज त क्या ब्युटी भा’की छौ…’ बोलको गीतमा राजेशपायल राई र मनिषा पोखरेलले स्वर दिए । दिनेश सुवेदीले लेखेको प्रस्तुत गीतमा संगीत टंक बुढाथोकीले दिएका छन् । दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र लालजोडीको छायांकन १९ माघबाट सुरु हुने निर्देशक सुवेदीले बताए । फिल्मका कलाकार र प्राविधिकको चयन कार्य भइरहेको बताइएको छ । कमेडी लभस्टोरी लालजोडीको स्क्रिप्ट निर्देशक स्वयंले लेखेका छन् ।

%d bloggers like this: