Tue. Apr 23rd, 2024

सबैलाई सजिलै सगँ हँसाउन सक्ने भारतका चर्चित कमेडियन कपिल शर्माले शनिबार दशरथरंगशालामा एनसेलको आयोजनामा हुन लागेको पर्पल फेष्ट कार्यक्रम स्थगित भएपछि उनले पत्रकार माझ ठट्यौली पारामा आफ्नो कार्यक्रममा कसैको आँखा लागेको बताएका छन् । नेपाली मिडियाकर्मीहरु सगँ करिब आधा घण्टा विताएका कपिलले आफ्नो दुख सुख पनि पत्रकार माझ बाढेका थिए । काठमाडौंमा रहेको याक एन्ड यति होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कपिल करिब २ घण्टा ढिलो कार्यक्रम स्थलमा आईपुगेका थिए । कपिलले पत्रकारहरु सगँ भने-‘अर्कोपटक पुरै परिवारसहित आउँछु।’ कपिलसँग दादीको भूमिका निभाएका अलि अजगर र नोकरको भूमिका निभाउने राजु अर्थात चन्दन प्रभाकर नेपाल आएका थिए।

DSC_8342साथमा नेपालका चर्चित हाँस्य कलकार जितु नेपाल पनि उपस्थित थिए । कमेडी सो तथा कार्यक्रमहरुमा छिर्दा सुरुसुरुका दिनमा मानिसहरुले आफूलाई नपत्याउने गरेको अनुभव पनि कपिलले सुनाएका थिए । कपिल शर्मा शनिबार र आइतबार दुई दिन भारतको कलर्स च्यानलबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम कमेडी नाइट्स विद् कपिलपछि अत्यधिक चर्चामा आएका हुन्। कपिलले पत्रकार माझ भने -‘मलाई कार्यक्रम स्थगित भएको भन्दै हजारौँ ट्विट प्राप्त भए। सुरुमा त हल्ला होला भन्ठानेँ तर पछि औपचारिक जानकारी आएपछि पक्का भयो। मलाई निकै दुख लागेको छ तर मैले नेपाल आउन भने छोडिन् ।’ मलाई सबैभन्दा मन पर्ने देश नेपाल भएको बताउदै कपिलले अर्को पटक फेरी आफु नेपाल आउने बताएका छन् ।

%d bloggers like this: