Fri. Apr 26th, 2024

forbes-celebrity-100_2014बलिउड नगरीकै धनी अभिनेताका रुपमा परिचित शाहरुख खानलाई पछि पार्दै सलमान खान भारतकै सर्वाधिक धनी कलाकार बनेका छन । हालमात्रै फोब्र्स पत्रिकाले सार्वजनिक गरेको बर्ष २०१४ को उत्कृष्ट १०० धनी कलाकारहरुको सुचिमा सलमान पहिलो नम्बरमा देखीएका छन । उनले बर्षभरीको कमाई २४४.५० करोड धएको फोब्र्सको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो दुई बर्ष यता लगातार पहिलो नम्बरमा परेका बलिउड बादशाह शाहरुख खान यसपटक भने दोस्रो नम्बरमा झरेका छन ।
उनले बर्षभरीमा २०२ं.४ करोड कमाई गरेका थिए । त्यस्तै तेस्रो नम्बरमा १९६.७५ करोड कमाउदै महानायक अमिताभ बच्चन रहेका छन भने १७२ करोडका साथ अक्षयकुमार चौथो र १४१.८० करोडका साथ क्रिकेटर महेन्द्र सिहं धोनी पाँचौ नम्बरमा परेका छन । त्यस्तै ९३.२५ करोडका साथ रणवीर कपुर छ्रैटौ, ८५ करोडका साथ ऋतिक रोशन सातौ, ८०.४७ करोडका साथ आमिर खान आठौ, ७७.२ करोडका साथ दिपिका पादुकोण नवौ तथा ६२.८८ करोडको साथ सैफअली खान दशौ नम्बरमा परेका छन ।
त्यस्तै एघारौ नम्बरबाट क्रमश सचिन तेन्दुलकर, बिराट कोहली, प्रियंका चोपडा, महेश बाबु, ए आरु रहमान, करिना कपुर, ए आर मुरुगादास, अजय देवगण, अजित कुमार र कैटरिना कैफ उत्कृष्ट २० भित्र परेका छन ।
फोब्र्सले हरेक बर्ष भारतीय कलाकारहरुको यस्तो सुचि प्रकाशित गर्दै आएको छ । कलाकारको आम्दानी र लोकप्रियताको आधारमा उनीहरुको यस्तो सुचि तयार पार्ने गर्दछ ।

%d bloggers like this: