Fri. Mar 29th, 2024

ritikबलिउड स्टार ऋतिक रोशनले पत्नी सुजैनसँगको सम्बन्ध टुटेको घोषणा गरेको एक बर्ष भइसकेको छ । उनीहरु कानुनी रुपमै डिभोर्स भएको पनि केहि महिना भइसकेको छ । आजभोली ऋतिकलाई एक्लै जिउने बानी परिसकेको धेरैले अनुमान लगाइरहेका छन । तर टैरो कार्ड बिशेषज्ञ श्रद्धा सल्लाले ऋतिकले अर्को विवाह गर्ने बताएका छन । उनले ऋतिकको कार्डमा विवाहको योग रहेको बताएका हुन् । उनका अनुसार १० जनवरीमा जन्मिएका ऋतिकमा सुर्यको खास प्रभाव छ र उनले सधै उज्वल गुण देखाउँदछ । आउने जन्मदिनमा ऋतिक ४१ बर्षमा प्रवेश गर्नेछन र मरक्युरीको प्रभाव देखिएको छ, जुन उसको डेस्टिनी नम्बर पनि हो । तसर्थ यो उमेरमा उनको जीवनको एक नयाँ सुरुवात हुन सक्ने कार्डमा देखिएको छ । त्यस्तै कार्डमा ऋतिकले आउँदो दुई बर्षभित्रमा विवाह गर्ने योग देखिएको छ ।

%d bloggers like this: