Thu. Apr 18th, 2024

एक सच्चा र कर्तव्यनिष्ठ प्रहरी जो नेपालमा सत्यनिष्ठा र प्रहरीभित्रको भ्रष्टाचारकोविरुद्ध लड्ने एक इमान्दार व्यक्तित्वका रुपमा चिनिने एसएसपि रमेश खरेललाई वास्तविक रुपमा नै सबैले हिरो मान्छन् । उनको इमान्दारीताले उनी चलचित्रका हिरो भन्दा पनि बढि चर्चित छन् त्यहि मात्र होइन उनी स्रलिव्रेटी समेत बनिसकेका छन् । चलचित्रको पर्दामा देखिने हिरो हिरोइनका जती फ्यान छन् त्यो भन्दा केहि गुणा बढि उनका फ्यान पनि छन् । केहि समय पहिले उनको जीवनमा आधारित भएर चलचित्र एस।पी खरेल निर्माण समेत भईसकेको छ अब फेरी उनको जीवन शौलीलाई केलाउदैं चलचित्र एस।पी खरेल २ निर्माण हुने भएको छ । भोजपुरी फिल्मका कलाकारहरुले पहिलो पटक अभिनय गर्न लागेको नेपाली भाषाको फिल्म “एस पी खरेल भाग–२ को शुभ मुहुर्त शुक्रबार वीरगन्जमा गरिएको छ।

ssp ramesh kharelनेपाल प्रहरीका चर्चित एस एस पी रमेश खरेलको जीवन र कार्यशैलीमा आधारीत “एस पी खरेल–२” नेपाली भाषामा मां राधिका इन्टरनेशनल मूभि प्रालिले निर्माण गर्न लागेको हो। लगभग तीन वर्ष अघि भोजपुरी भाषामा निर्माण गरिएको एस पि खरेल फिल्मका कलाकारहरुले नै यस सिनेमामा अभिनय गर्नेछन्। फिल्ममा एस पी रमेश खरेलको भुमिका वीरगन्जका भोजपुरी कलाकार विदेशी साहले अभिनय गर्नेछन्। फिल्मको छायांकन वीरगन्ज,पोखरा र काठमाडौंमा गरिने फिल्मका निर्देशक रमण बस्नेतले बताए । एस एस पी रमेश खरेलको खरो कार्यशैलीलाई आधार बनाएर राष्ट्रियता र इमान्दारितामा आधारित फिल्मको सुटिङ् एक महिनामा समापन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ।

%d bloggers like this: