Thu. Apr 25th, 2024

Subash Thapa, Sudarshan Thapa and Prem Puri
यतिबेला चलचित्र ‘चंखे शंखे पंखे’ को चलचित्र बिकास कम्पनीको हलमा महंगो सेट लगाएर फिल्मको धमाधम छयांकन भइरहेको छ ।फिल्मको लागी लगाइएको पहिलो चरणको उक्त सेटलाई नेपाली फिल्मकै इतिहासमा सर्वाधिक महंगो सेटको रुपमा लिइएको छ । जसको निर्माणमा मात्रै १७ लाख खर्च भएको सुर्दशनले बताए । सञ्चारकर्मी ,कलाकार तथा फिल्म निर्देशक नरायण पुरी उक्त सेट देखेर आफु छक्क परेको बताउन समेत पछि परेनन ।
फिल्म निर्माण घोषणा भएको दिन निर्देशक सुर्दशन थापाले ८० लाखमा फिल्मको सुटिङ सक्किने बताएपनि यसको लागत बढेर करोड माथि हुने निश्चित देखिएको छ ।
हाल तीब्र गतिमा छाँयाकन भईरहेको चंखे शंखे पंखेको पहिलो चरणको सेट निर्माणमा मात्र १७ लाख खर्च भएको छ जसलाई नेपाली फिल्म ईतिहासमै सम्भवत सर्वाधिक महंगो सेट भनी समीक्षा गरेका छन् डाईरेक्टर नारायण पुरी र आर्ट डाईरेक्टर राजु पेन्टरले ।
Film set of
‘ठूला कम्पनीको विज्ञापनको सेटमा बरु यतिको खर्च हुँदैन थियो होला जुन खर्च गरेर हामीले यो सेटका तयार गरेका छौ । चलचित्र विकास कम्पनीको हलमा सेट तयार गरिरहेका बेला पेन्टरले प्रतिक्रिया दिएका छन् । उनी भन्छन् ‘अपार्टमेन्ट र होटलमा तिर्ने पैसा भन्दा बढीमा तीन लाखको अन्तर सेटमा आउँछ त्यसैले राम्रो फिल्म बनाउने हो भने सेटमा लोभ नगर्नुनै बेटर हो जस्तो लाग्छ मलाई ।’
राजु पेन्टर सुटिङका लागि चित्र कोर्दै
राजु पेन्टर सुटिङका लागि चित्र कोर्दै
खर्चिलो सेट मा फिल्म खच्निु कत्तिको उपयुक्त हो भनी हामीले सिनेमाटोग्राफर राजेश श्रेष्ठलाई सोध्दा उनले सुन्दर ठूला होटलमा पुग्दा समेत साँघुरो शैलीमा फिल्म खिच्नु भन्दा दुई यसरी चाहे अनुसारको स्पेश र रङ संयोजन गरेर सेट बनाउँदा उत्कृष्ट फिल्म खिच्नु सकिने बताएका छन् ।
Rajesh-Shrestha-and-sudarshan-Thapa
‘यो सवै कुरा देखेर म त एकछिन् आत्तिए पनि, साढेँ दुई दशकको फिल्मी करिअरमा मैले यस्तो सेट देखेको थिईन र आज काम गर्न पाउँदा साच्चिकै फिल्ममा अभिनय गरे जस्तो लागिरहेको छ । ‘ टेलिभिजन सि.ई.ओ.को स्पेशल भूमिकामा खेल्न एनएफडीसी पुगेका निर्देशक नारायणपुरीले प्रतिक्रिया दिएका छन् ।
narayan puri
उक्त सेटमा पुरीको टेलिभिजन हाउसलाई भब्य देखाउन सि.ई.ओ.को रुम देखि लिएर एमसिआर (मास्टर कन्ट्रोलिङ रुम ) सम्म तयार गरिएको छ जहाँ पुरीले अभिनय गरेका हुन । उनले निर्देशक सुर्दशन थापा र सिनेमाटोग्राफर राजेश श्रेष्ठको काम गर्ने शैलीलाई ठूला भन्ने निर्माताहरुले अनुसरण गर्नुपर्ने पनि बताएका छन् ।
Narayan Puri and sudarshan Thapa
यस फिल्ममा टेलिभिजन रिपोर्टरको शक्तिशाली भूमिकामा पूजा शर्मा प्रमुख हिरोइन भएर खेलेकी छिन् भने हिरो सुवास थापा, चंखेको भूमिकामा नयाँ कलाकार प्रेम पुरी शंखेको भूमिकामा र निर्देशक थापा चाहि पंखेको भूमिकामा खेलेका छन् ।
Pooza sharma, Subash Thapa and Sudarshan Thapa
यसैगरी अर्की हिरोइन नन्दिता केसी स्पेशल अपिरेन्समा छिन् भने  फेस भ्यालु भएका राजाराम पौडेल, रामचन्द्र  अधिकारी, रबिन्द्र  खड्का तथा श्याम राई, ध्रुब  कोइराला  सहित स्टेजका चर्चित कलाकार रबिन्द्र  झा र प्रमोद अग्रहरी सम्म यो फिल्मका प्रमुख पात्र हुन ।
Pramod Aghrahari
डान्सिङ नम्बरको गीतका लागि पुनः एनएफडीसीमा हामी ठूलो सेट लगाउँदैछौ त्यसैले बजेटको बिषयमा अहिलनै यति होला भनेर नबोल्दा नै राम्रो होला । फिल्म उद्योगमा स्थापित हुने उद्देश्य बोकेर भित्रिएका नयाँ निर्माता सन्तोष सेनको भनाई छ ।  पहिलो फिल्मबाटै म राम्रो मेकर भएर चिनिन चाहन्छु त्यसैले कथाको डिमान्ड अनुसारनै यो सेट यसरी लगाईएको हो । सेनको भनाई छ ।
chankhe
हास्य श्रेणीमा रहेर निर्माण भएको चंखे शंखे पंखेको सुटिङ चलेको ठीक एक महिना पुगेको छ । प्रोडक्सन डाईरेक्टर नविन पुरीका अनुसार थप १५ दिनको छाँयाकन पश्चात पुनः एक गीतको छायाँकन सेटमा गरेर सुटिङ प्याकअप हुने छ ।
subash thapa sudrashan thapa and prem puri
यस्तै निर्देशक तथा अभिनेता थापाले चाँहि आफ्नो करिअरकै सवै भन्दा उच्च मेकिङ रहेको फिल्म चंखे शंखे पंखे हुने बताएका छन् । उनले नयाँ भएपनि फिल्म मेकिङ बुझेको निर्माता परेको तर्क गर्दै राम्रो फिल्म बन्ने क्रेडिट निर्माता सेनलाई जाने बताएका छन् ।
Sudarshan Thapa
पछिल्लो तीन बर्षयता नेपालमा २५ प्रतिशत फिल्महरु ४० देखि ६० लाख सम्मको बजेटमा बनेका छन् भने ७० प्रतिशत फिल्महरु २५ देखि ४० लाखको बजेटमा र बाँकी ८० देखि डेढ करोड लगानीमा बन्ने फिल्महरु चाँहि ५ प्रतिशतमा आउँछन जुन प्रतिशतमा रहेर लागनी गर्ने निर्माताहरुको संख्या निकै न्यून हुँदै गएको छ ।
Chanke sanke panke
Pooza Sharma
Subash Thapa
Subash Thapa and Sudarshan Thapa
Subash Thapa and Prem Puri
Pooza Sharma
Subash Thapa, Sudarshan Thapa and Prem Puri
IMG_4659
Rabindra Jha
Sudarshan Thapa
Pooza Sharma
set of shooting
set of shooting
set of shooting csp
Sudarshan Thapa
Chanke sanke pankhe, Film Clap
 

%d bloggers like this: