Wed. Apr 24th, 2024

image (1)दार्जिलिङको सेन्ट जोसेफ स्कूलमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय उत्सव थापाले यो वर्षको लिटिल प्रिन्स–२०१४ को उपाधी जित्न सफल भएका छन् ।
 
शुक्रवार अबेर राति जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न निर्णायक प्रतियोगितामा उत्सवले १७ जना बालकहरुलाई पछि पार्दै नगद २५ हजार रुपैयाँ राशीसहित उपाधी जितेका हुन् । उत्सवले राइजिङ मलको तर्फबाट गिफ्ट ह्याम्पर तथा अन्य उपहारहरु समेत जित्न सफल भए । प्रतियोगितामा क्याम्ब्रिज पब्लिक स्कूलमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया सुमिना लामाले ‘लिटिल प्रिन्सेस–२०१४’ को उपाधी जित्न सफल भइन् । उनले २२ जना बालिकाहरुलाई निराश बनाएकी थिइन् । प्रतियोगितामा विजयी हुँदै सुमिनाले पनि नगद २५ हजारको साथमा विभिन्न उपहारहरु जितिन् ।
 
बेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रालिको यो १२ औं संस्करणको प्रतियोगितामा १८ जना बालक तथा २३ जना बालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । ७ देखि १३ वर्ष उमेर समुहका बालबालिकाहरुको यो प्रतियोगितामा रोबिस सुवेदी र आश्रय रञ्जित तथा लिजा गुरुङ र लि सोनो (कोरियन नागरिक) ले फस्ट रनर्स अपको उपाधी जिते । यसैगरी बिटेन श्रेष्ठ तथा उत्सव ढकाल र ऋचा घिमिरे तथा आस्मा घिसिङले सेकेण्ड रनर्स अपको उपाधीमा चित्त बुझाए ।
 
गायक निर्णय श्रेष्ठ, कोरियोग्राफर जयन सुब्बा मानन्धर, फेसन डिजाइनर पूनम गौतम, समाचारवाचक सालिक सुवेदी, संगीतकर्मी सुरेन्द्र श्रेष्ठ, नृत्य निर्देशक गोविन्द राई तथा चलचित्र निर्देशक रविराज अर्याल निर्णायक थिए । प्रतियोगिता परिचयात्मक चरण हुँदै अघि बढेको थियो । सशस्त्र प्रहरीका पूर्व प्रमुख सनत कुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको दोस्रो चरणमा प्रतिस्पर्धि बालबालिकाहरुले आफ्नो रोजाइका पहिरन प्रदर्शन गरेका थिए । त्यसपछिको चरणमा बालकहरुतर्फ टप टेन तथा बालिकाहरुतर्फ टप ट्युबेलको छनौट गरिएको थियो । त्यसपछिको चरणमा निर्णायकसँगको प्रश्नोत्तरका आधारमा दुबै समुहका सात–सात जना प्रतिस्पर्धिहरु निर्णायक चरणमा प्रवेश गरेका थिए । निर्णायक चरणमा सोधिएका दुई भिन्न प्रश्नको जवाफका आधारमा विजेताको छनौट गरिएको हो । स्वस्तिका राजभण्डारी तथा नेहा घिमिरेद्वारा कोरियोग्रँफी गरिएको यो प्रतियोगितामा कायरा बुटिकले अफिसियल डिजाइनरको रुपमा विभिन्न पहिरनहरु उपलब्ध गराएको थियो ।
 
प्रतियोगितामा रिहान्ना महर्जन र उत्सव ढकालले मोस्ट फोटोजेनिक, प्राचि महर्जन र उत्सव थापाले मोस्ट ट्यालेन्ट, लि सानो र सुमन छिरिङ शेर्पाले बेस्ट ड्रेस, श्रीया थापा र नितेश पौडेलले मोस्ट डिसिप्लिन, आश्रय रञ्जित र प्रेशु श्रेष्ठले मोस्ट कन्फिडेन्सको शीर्षक उपाधी जितेका थिए । यसैगरी आयुश तण्डुकारले मोस्ट ह्याण्डसमको उपाधी जितेको यो प्रतियोगितामा डोल्मा लामाले मोस्ट ब्युटिफूलको उपाधी जितिन् ।
 
प्रतियोगिता ऐश्वर्या खरेल र नेल्शन खनालले स्मार्ट वाकको उपाधी जिते । एसएमएस किङको उपाधी पेमाङसाङ शेर्पाले जिते भने एसएमएस क्विनको उपाधी पल्लभी लोहनीले जितिन् । बेस्ट हेयरको उपाधी सस्तिका भण्डारीले जितिन् भने मोस्ट फ्रेण्डलीको उपाधी आकृषा रजक तथा नितेश पौडेलले जिते । बेस्ट स्किनको उपाधी सम्पदा तामाङ तथा अनमोल ढकालले जित्न सफल भए । यूरिन लामा तथा श्री सिग्देलले बेस्ट क्यूटनेशको उपाधी जिते ।

%d bloggers like this: