Tue. Mar 19th, 2024

यहिं पुष ११ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘बिधवा’को “म दुनिया हेर्न चाहन्छु “बोलको गीत रिलिज भएको छ । रिलिज भएको  गीतमा प्रल्हाद तिमिल्सिना र पर्बिषा अधिकारीको स्वर र   बिकाश चौधरी संगीत रहेको छ । प्रकाश लाल श्रेष्ठको शब्दमा तयार पारिएको यस गीतमा बिबेक थापाको नूत्य निर्देशन रहेको छ ।
biduwa-namastefilmyबिधवा नारीको पीडा र मर्मस्पर्शी कथा समेटिएको फिल्म ‘बिधवा’ गिरी प्रसाद सुनारले निर्माण गर्नु भएको हो ।समाजमा बिद्यमान एकल महिलाप्रतिको अत्याचार र उनीहरुले भोग्नुपरेको पिडा चित्रण गरिएको फिल्मलाई मनोज श्रेष्ठले निर्देशन गरेका हुन । फिल्ममा नायक दिलिप रायमाझीको मुख्य भुमिका रहेको छ । त्यस्तै सोनु घिमिरे, मनोज श्रेष्ठ लगायतको पनि फिल्ममा मुख्य अभिनय छ ।

%d bloggers like this: