Fri. Apr 26th, 2024

एनसेलको आयोजनामा हुन लागेको पर्पल फेष्ट कार्यक्रमको टिकटका लागि डाटा खरिद गरेका ग्राहकले पैसा फिर्ता पाएपनि आफुले किनेको डाटा भने फिर्ता गर्नु नपर्ने भएको छ । एनसेलले आफ्ना ग्राहकहरुले डाटा लिए बापतको पैसा फिर्ता गर्ने भएको छ । यसअघि मंसिर २८ गते दशरथ रंगशालामा बृहत कन्सर्ट गर्ने भन्दै ग्राहकलाई डाटा लिन र डाटा लिएबापत कन्सर्टको पास दिने एनसेलले बताएको थियो । सोहि अनुरुप हजारौ ग्राहकले डाटा किनेको र त्यसबापत करिब १३ हजार पास समेत एनसेलले बाँडेको थियो । तर अन्तिम अवस्थामा आएर शुक्रबार कार्यक्रम स्थगित गर्नुपरेपछि एनसेलले ग्राहकले लिएको डाटा बापतको पैसा फिर्ता गर्ने भएको हो । आफ्नो पैसा फिर्ता लिनको लागी पौष २७ गतेदेखि ३० गतेसम्म काठमण्डौ उपत्यका तथा बनेपा एनसेल सेन्टरमा सम्पर्क राख्न पनि एनसेलको आग्रह छ ।Ncelll-purpale-fest-fb
एनसेलले बर्षकै सबैभन्दा ठुलो साँगितिक कन्सर्ट स्वरुप ‘एनसेल पर्पलफेस्ट’को आयोजना गरेको थियो । जहाँ चर्चित भारतीय गायक सोनु निगम, कमेडियन कपिल शर्मा लगायत नेपाली कलाकारहरुले पनि प्रस्तुति दिने तयारीमा थिए ।
तर शुक्रबार सुरक्षा संवेदनशीलतालाई देखाउदै काठमण्डौ जिल्ला प्रशासनले कार्यक्रम रोक्न मौखिक आदेश दिएपछि कार्यक्रम स्थगित गर्नुपरेको हो । एनसेलले सुचना जारी गर्दै ग्राहकको सुरक्षा आफ्नो पनि पहिलो प्राथमिकता रहेको बताउदै रमाइलो बाँड्न नपाएकोमा माफी मागेका छन ।

%d bloggers like this: