Fri. Mar 29th, 2024

jhyappai1चैत १३ गतेदेखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भूल भुलैया’को नयाँ र्शिष गीत रिलिज भएको छ । ‘आँखैमा अनुहार झ्याप्पै’ बोलको उक्त गीतमा नायक सोहित मानन्धर र नायिका निता ढुंगाना देखिएका छन् भने उक्त गीतले एकअर्काप्रतिको प्रेमभावलाई देखाउन खोजेको छ । योगेश घिमिरेले निर्देशन गरेको यस चलचित्रमा सोहित र निता बाहेक जीवन लुईँटेल, नीता ढुंगाना, शोहित मानन्धर, देशभक्त खनाल, मोहन निरौला लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । अरुष इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र ‘भूल भुलैया’लाई दिनेशकुमार पोख्रेलले निर्माण गरेका हुन् । निरज ढकाल, सुशील कार्की, सुरेश गौतम र मणिराज दाहालले निर्माण सहयोग गरेका छन् । चलचित्रमा चलचित्रमा बसन्त सापकोटाको संगीत, शिवम् अधिकारीको लेखन तथा बनिष शाहको सम्पादन रहेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=recsa_XyJUk

%d bloggers like this: