Mon. Mar 27th, 2023

kaamchor

ग्रिनहिल भि.एफ.एक्सको व्यानरमा निर्माण भएको चलचित्र ‘कामचोर’ले राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको बारेमा जानकारी गराएको छ । सिनेमाटोग्राफर दिनेश श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्र कामचोर विषेश कमेडी तथा सस्पेन्स कथामा बनेको कार्यक्रममा बताइएको थियो । अभिमान सिं बस्न्यातको प्रस्तुतिमा प्रमोद गौचनको लगानी रहेको यस चलचित्रमा हर्षिका श्रेष्ठ, पुस्कर रेग्मी, रबिन्द्र बस्नेत, एवन उप्रेती, काजल खनाल, अप्सना थापा, रोहन श्रेष्ठ, बालदिप राई, रबिना दास लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा समावेश गीतमा भरत सिटौलाको संगीत रहेको छ । चलचित्रको छायांकन तथा लेखन निर्देशक स्वयंको रहेको छ । निर्देशक श्रेष्ठले नौ बर्षसम्म सिनेमाटोग्राफीमा काम गरेपछि यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।