Fri. Mar 29th, 2024

Ritik Rochanबलिउड स्टार रितिक रोशन एसियाकै सेक्सी पुरुष घोषित भएका छन् । ‘इस्टर्न आइ’ नामक पत्रिकाले जारी गरेको एसियाका ५० सेक्सी पुरुषको सूचीमा रितिकको नाम पहिलो स्थानमा छ । ४० वर्षीय रितिक पछिल्लो ४ वर्षमा सेक्सी घोषित भएको यो तेस्रो पटक हो । गतवर्ष रितिकलाई माथ दिएका अली जफर यस पटक तेस्रो स्थानमा झरे । दोस्रो स्थानमा भने टिभी एक्टर कुशल टण्डनको नाम छ । कुशलले दोस्रो स्थानमा परेर सबैलाई आश्चर्यमा पारिदिएका छन् । सेक्सी पुरुष घोषित भएपछि रितिकले प्रतिक्रिया दिँदै भने, ‘धन्यावाद इस्टर्न आइ । यो आकर्षक ट्याग पाएकोमा म एकदमै खुसी छु । सेक्सीको अथ शारीरिक कम र मानसिक परिप्रेक्षमा धेरै रहेको मेरो बुझाई छ ।’

%d bloggers like this: