Mon. Mar 27th, 2023

251407-siddharth-malhotra-and-alia-bhatt.jpgचर्चित अभिनेत्री आलिया भट्टको करिअरभन्दा अफेयरको चर्चाले बलिउडमा प्राथमिकता पाउन थालेको छ। निर्माता महेश भट्टकी कान्छी छोरी आलिया अहिले अभिनेता सिद्धार्थ मलहोत्राका साथ डेटिङ जान थालेको बताइएको छ। यसअघि उनको नाम ‘हम्टी शर्माकी दुल्हनियाँ’ चलचित्रका सह-कलाकार वरुण धवनसँग जोडिएको थियो। २१ वर्षीया आलियाले बरुणसँगको सम्बन्धका बारेमा गरिने टिप्पणीलाई भने खण्डन गरेकी थिइन्। तर, अहिलेको चर्चाका बारेमा उनी बोलेकी छैनन्। यो जोडीले चलचित्र ‘स्टुडेन्ट अफ द इयर’मा सँगै काम गरेको थियो, जसमा बरुणको पनि अभिनय थियो। बलिउडमा हालै आयोजित एक पार्टीमा सिद्धार्थ र आलियाको फोटो निर्माता करण जोहरले ट्विट गरेका थिए। ट्विटपछि करणले उनीहरूलाई लिएर नयाँ चलचित्र निर्माण गर्न लागेको चर्चा चलेको थियो। चलचित्र ‘शानदार’को छायांकनका लागि लन्डन रहेकी आलिया र सिद्धार्थबीच टेलिफोनमा घन्टौं कुराकानी भएको बताइएको छ।