Thu. Mar 28th, 2024

Akshayबलिउड स्टार अक्षय कुमारले आफ्नो तस्वीर खिचेको आरोपमा एक फ्यानलाई थप्पड हानेका छन् । स्रोतका अनुसार अक्षय जुहूस्थित एक थिएटरमा आफ्नो परिवारसँगै एक हलिउड फिल्म हेर्न गएका थिए । जब उनी फिल्म हेरेर बाहिर निस्किए तब एक फ्यानले श्रीमतीसँगै रहेका अक्षयको तस्वीर खिच्न खोजे । त्यो देखेर एकदमै रिसाएका अक्षयले तुरुन्तै ती फ्यानलाई थप्पड लगाए । यसअघि गब्बर फिल्मको सुटिङका क्रममा पनि अक्षयले सुटिङ जोन क्रस गरेर आफ्नो तस्वीर खिच्न खोज्ने एक समर्थकलाई थप्पड हानेका थिए ।

%d bloggers like this: