Thu. Mar 28th, 2024

नेपाली कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले शनिबारदेखि देशब्यापी ‘डबली यात्रा’ सुरु गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति सरुभक्त र वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले डबली यात्राको शुभारम्भ गरेका हुन् ।

dabali yatraनेपालमा ऐतिहासिक रुपमा डबलीमा कला, संस्कृति प्रदर्शन गर्ने प्रचलन रहेपनि हाल डबली प्रयोगविहीन भएकाले प्रतिष्ठानले स्थानीय कला, संस्कृति, संगीत र नाटकहरु स्थानीय डबलीहरुमै आयोजना गर्ने लक्ष्य लिएको छ । प्रतिष्ठानले नेपालमा रहेका मौलिक, लौकिक र स्थानीय कला, संस्कृतिको संरक्षणका लागि सम्भव भएसम्म हरेक हप्ताको शुक्रबार डबलीमार्फत् कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

%d bloggers like this: